राशिफल

२०७७ पौष ४ गते शनिवार

मेष

नयाँ–नयाँ कार्य योजनाहरू रचिने छन् । नयाँ मित्र बनाउने अवसरसमेत मिल्नेछ । व्यापार व्यवसायबाट सोचे अनुरूप नाफा कमाउन सकिनेछ । कार्य क्षेत्रप्रति समर्पित भइनेछ । दिन लाभकारी रहनेछ ।

बृष

सामाजिक पदप्रतिष्ठा मिल्नेछ । अरु व्यक्तिको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । धर्मकर्ममा रुचि जाग्नेछ । विशिष्टस्तरका व्यक्तिसँग सम्पर्क बढ्नेछ । मन खुसी रहला ।

मिथुन

पूर्वाद्र्धको समय तनावदायी नै रहनेछ । स्वास्थ्य कमजोर, आर्थिक अवस्था कमजोर तथा चिन्ता, पीर बढ्नेछ । उत्तराद्र्धको समयमा समस्याको हल हुनेछ । आयदरमा बढोत्तरी हुनेछ । शान्ति मिल्नेछ ।

कर्कट

मन मिल्ने व्यक्तिसँग रमाइलो पल बिताउन पाइनेछ । नयाँ स्थानको भ्रमणको योग बनेको छ । मध्यान्हपछिको समयमा व्यर्थको कार्यमा भुल्नाले महत्वपूर्ण अवसर गुम्नेछ । शैक्षिक क्षेत्रमा मन जाने छैन ।

सिंह

आर्थिक दृष्टिले दिन उत्कृष्ठ नै मान्नु पर्छ । विपक्षीहरू मेलमिलापमा आउन बाध्य हुनेछन् । घरायसी समस्या हल भएर जानेछ । विशेष अवसर मिल्नेछ । इच्छा लागेका कार्यको जानकारी लिई लाग्नुहोस्, सफलता मिल्नेछ ।

कन्या

पारिवारिक सद्भाव कायम रहनेछ । बन्धुबान्धवसँग बसेर मिष्ठान्न भोजनको आनन्द लिन पाइनेछ । अग्रजको सहयोगले कार्यमा लाग्दा विशिष्ट स्थान मिल्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ । दिन उन्नतिकारक रहनेछ ।

तुला

पूर्वाद्र्धको समयमा शारीरिक आलस्यताले कार्य गर्न नसकेता पनि उत्तराद्र्धको समयमा काम गर्ने वातावरण बन्नेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । आर्थिक पक्षमासमेत सुधारको संकेत देखिन्छ ।

वृश्चिक

मानसिक शान्तिको अनुभूति हुनेछ । सहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । मध्यान्हपछि चौंथो भावमा चन्द्रमा जानेछ, जसका प्रभावले समस्या एवम् अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ ।

धनु

पूर्वाद्र्धमा केही अन्योलताले निर्णय लिन गाह्रो परे तापनि दिनको उत्तराद्र्धको समयमा अनुकूलको वातावरण बन्नेछ । पराक्रम बढेर जानेछ । थालेका अधिक कार्यहरू बन्नेछन् । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

मकर

नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । आर्थिक अवस्था मजबुत नै रहनेछ । महत्वाकांक्षी योजनाहरू रचिने छन् । आज थालेका कार्यले दिगो रूपमा लाभ लिन पाइनेछ ।

कुम्भ

पूर्वाद्र्धको समयमा अरुको भरमा कार्य गर्नुपर्नेछ । स्वास्थ्य कमजोर नै रहनेछ । तर मध्यान्ह पछिको समयमा भने आकस्मिक लाभ मिल्नेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । शुभ खबर सुन्न पाइनेछ ।

मीन

नयाँ तौर तरिकाको प्रयोगले आयदर बढाउन सकिनेछ । गुमेको धन हात पर्नेछ । तर मध्यान्ह पछि ठूलो लगानि नगर्नुहोला । तपाईंको बोलिको गलत अर्थ लगाउने छन् । विवादित कार्यको नेतृत्व गर्नपर्ने देखिन्छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष ४ गते शनिवार, तदनुसार ई.सं. २०२० डिसेम्बर १९ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको पञ्चमी तिथि बेलुका ५ः१७ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।

नक्षत्र धनिष्ठा बेलुका ११ः०७ बजेसम्म, त्यसपछि शतभिषा रहनेछ ।
विष्कुंभादी योग हर्षण बेलुका ४ः३७ बजेसम्म, त्यसपछि वज्र रहनेछ ।
आनन्दादी योग प्रवद्र्ध ।
करण कौलव भोलि बिहान ५ः२६ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मकर राशिमा पूर्वान्ह १०ः४६ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः५१ बजे, सूर्यास्त : बेलुका ५ः११ बजे ।