राशिफल

२०७७ पौष ३ गते शुक्रबार

मेष

बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । धेरै क्षेत्रमा दक्षता हाँसिल गरिनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित भइनेछ । ऐतिहासिक कार्यको आरम्भ हुनेछ । अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ ।

बृष

मांगलिक कार्यको निम्तो पाइनेछ । आर्थिक पक्ष बलियो रहला । छरछिमेकमा नयाँ चहलपहल रहनेछ । सकारात्मक सोचको विकास हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले पूर्णता पाउने छन् ।

मिथुन

नयाँ लगानिले तनाब मात्र थपिनेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला । सहयोगीहरुले साथ छाड्न सक्छन्, सजक रहनु होला । सोचे अनुरुप कार्य बन्ने छैन । कडा परिश्रमपछि मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

कर्कट

पति–पत्नी विचको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम प्रसंगले मूर्तरुप लिनेछ । मान्यजनको सहयोग उचित रुपमा मिल्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । आकर्षण शक्ति बढेर जानेछ ।

सिंह

व्यवसायमा नयाँ लगानि गर्दा पछिसम्म लाभ लिन पाइनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्ने वातावरण बन्नेछ । आर्थिक पक्ष सबल रहनेछ । पूराना उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ ।

कन्या

पारिवारिक समस्या हल भएर जानेछ । सन्तानको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । रमाइलो यात्राको संभावना प्रवल देखिन्छ । मानसिक क्षमतामा बृद्धि विकास हुनेछ । पढाइलेखाइमा मन जानेछ ।

तुला

स्वास्थ्य अवस्था कमजोर नै रहनेछ । नजिकका व्यक्तिसँग नै विवाद बढ्नेछ । श्रमको सही मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । गोपनीयता बाहिरीँदा समस्या सृजना हुन सक्छ, सजक रहनु होला ।

वृश्चिक

अध्ययनमा रुचि बढ्नेछ । हर्षको खबर सुन्न पाइनेछ । वैदेशिक क्षेत्रका अपूरा कार्य बन्ने छन् । साथीसंगीसँगको सम्बन्धमा सुधार हुनेछ । कृषि एवं पशुपालमा लाग्नेहरुका लागि लाभकारी समय रहेको छ ।

धनु

पूर्व तयारीका साथ कार्यमा लाग्दा विशेष सफलता मिल्नेछ । दिगो फाइदा हुने खाले कार्यको आरम्भ हुनेछ । विपक्षीहरु पनि मेलमिलापमा आउन बाध्य हुने छन् । खुसी बढ्नेछ । सानो कार्यमा भुल्ने समय छैन ।

मकर

मानसम्मान मिल्नेछ भने सामाजिक कार्यबाट जस समेत पाइनेछ । थालेका कार्यबाट छोटो समयमा नै लाभ लिन सकिनेछ । लामो समय पछि मित्र मिलन हुनेछ । आत्मकारक ग्रहको पूर्ण रुपमा बल मिलेको छ ।

कुम्भ

जिद्दिपनले कार्य विग्रनेछ । तपाईँको बालिको गलत अर्थ लाग्न सक्छ, बोलिमा संयम रहनुहोला । मनमा शंका उपशंका उब्जनेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । हतारमा गरेको निर्णयले पछुताउनु पर्नेछ ।

मीन

व्यवसायमा नयाँ संझौता हुनेछ । मिहिनेतको उचित कदर हुनेछ । सही समयको उचित लाभ लिनुहोला । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । नाम, दाम मिल्ने समय रहेको छ । आय मूलक कार्यमा ध्यान जानेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष ३ गते शुक्रबार, तदनुसार ई.सं. २०२० डिसेम्बर १८ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षशुक्लपक्षको चतुर्थी तिथि वेलुका ५ः२२ बजेसम्म, त्यसपछि पञ्चमी रहनेछ ।

नक्षत्र श्रवण वेलुका १०ः३१ बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग व्याघात वेलुका ५ः५४ बजेसम्म, त्यसपछि हर्षण रहनेछ ।
आनन्दादी योग धूम्र ।
करण बव भोलि विहान ५ः१६ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः५० बजे, सूर्यास्त : बेलुका ५ः१० बजे ।