राशिफल

२०७७ पौष २ गते बिहीबार

मेष

कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । रचनात्मक कार्य गरिनेछ, जस्का कारण प्रशंसकहरु बढ्ने छन् । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसीयाली छाउनेछ ।

बृष

स्वास्थ्यमा सुधार हुनेछ भने काम गर्ने वातावरण मिल्नेछ । धेरै परिश्रम गर्नु परेता पनि सही मूल्यांकन मिल्दा आनन्द लाग्नेछ । धैर्यता र सहनशीलताको विकास हुनेछ । परोपकारी कार्यमा अग्रसर भइनेछ ।

मिथुन

समय प्रतिकुल रहनेछ । सामान्य कार्यलाई पनि दोह्राएर गर्नुपर्दा दिक्क लाग्नेछ । मनमा शंका उपशंका उब्जनेछ । व्यर्थको कार्यमा भुलिनेछ । झन्झटिला परिस्थितिको सामना गर्नु पर्नेछ । ठूलो लगानी नगर्नु होला ।

कर्कट

नेतृत्वगणसँगको सम्बन्ध प्रगाढ रहनेछ । आकस्मिक रमाइलो यात्राको अवसर मिल्नेछ । ठूला व्यक्तिको संगत रहनेछ । अर्थाेपार्जनमा ध्यान जानेछ । दाम्पत्य सहयोगले कार्य क्षेत्रमा लाग्दा सहज तवरले कार्य बन्नेछ ।

सिंह

सामान्य झन्झटले नछाडेता पनि बन्दव्यापारबाट भने मनग्य नाफा कमाइनेछ । विपक्षीलाई पछि पार्दै उच्च स्थान हाँसिल गरिनेछ । ढिलै भए पनि श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला बढेर जानेछ ।

कन्या

अध्ययनमा रुचि बढ्नेछ । सकारात्मक सोच विचार रहनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । स्वास्थ्यमा सुधार एवं आर्थिक पक्षमा समेत सुधार भएर जानेछ । बोलि बचनमा मिठासपन आउनेछ ।

तुला

आफन्तजनसँग नै विवाद हुनेछ । जिद्दिपनले गर्दा बन्नै आँटेका कार्यमा समेत अवरोध आउनेछ । लहैलहैमा लाग्दा व्यर्थको परेशानि व्यहोर्नु पर्नेछ । आफन्तजनसँग नै विवाद पर्नेछ । आर्थिक लेनदेनमा सजक रहनु पर्नेछ ।

वृश्चिक

लामो समय पछि मित्र मिलन हुनेछ । आत्मियजनसँगको रमाइलो पल वित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ । कृषि एवं वन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ ।

धनु

बोलिको कदर हुनेछ । धार्मिक कार्यमा सहभागि भइनेछ । सामान्य स्वास्थ्य कमजोरी र अल्छिपनले भने छाड्ने छैन, खानपानमा ध्यान दिनुहोला । अचल वस्तुमा गरेको लगानिले दीर्घकालिन रुपमा लाभ लिन पाइनेछ ।

मकर

आर्थिक पक्षमा सुधार आउनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । तपाईँको व्यक्तित्वको चर्चा हुनेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । मानसिक शान्ति मिल्नेछ ।

कुम्भ

घरायसी समस्याले छाड्ने छैन । अवसर हुँदाहुँदै विकल्पको बाटो रोज्नाले आर्थिक नोक्सानी हुनेछ । गोपनियता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्ने देखिन्छ ।

मीन

गरेका कार्यको परिणाम सकारात्मक आउँदा नयाँ सम्झौता गरिनेछ । आर्थिक उपार्जनका कार्यको आरम्भ हुनेछ । सामान्य प्रयासबाट नै कार्यहरु बन्नेछन् । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नाले खुसी भइनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष २ गते बिहीबार, तदनुसार ई.सं. २०२० डिसेम्बर १७ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षशुक्लपक्षको तृतीया तिथि वेलुका ५ः५७ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।

नक्षत्र उत्तरषाढा वेलुका १०ः२४ बजेसम्म, त्यसपछि श्रवण रहनेछ ।
विष्कुंभादी योग ध्रुव वेलुका ७ः३५ बजेसम्म, त्यसपछि व्याघात रहनेछ ।
आनन्दादी योग सौम्य ।
करण वणिक् भोलि विहान ५ः३६ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः५० बजे, सूर्यास्त : बेलुका ५ः१० बजे ।