राशिफल

२०७७ पौष १ गते बुधवार

मेष

श्रमको सही मूल्याङ्कन मिल्दा काम गर्ने हौसला थपिनेछ । हर्ष बढ्नेछ । धार्मिक कृत्यमा सहभागी हुन पाइनेछ । सकारात्मक सोच विचार रहनेछ । अघिदेखि रोकिएका काम कार्यलाई अघि बढाउन सकिनेछ ।

बृष

व्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण कार्य अधुरै रहने छन् । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । गोपनीयता बाहिरिँदा विपक्षीले स्थान पाउने छन् । आर्थिक अवस्था कमजोर बन्नेछ । दैनिकीमा नै व्यस्थ रहनु होला ।

मिथुन

आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । सहमति र सहकार्यद्वारा समस्याको हल हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । प्रेमीप्रेमिका बीचको सम्बन्ध प्रगाढ रहनेछ । व्यक्तित्वको चर्चा हुनेछ ।

कर्कट

सानातिना समस्यामा नआत्तिनु होला, जीत तपाईंकै हुनेछ । व्यवसायिक क्षेत्रमा लाग्नेहरुका लागि विशेष उन्नतिको समय रहेको छ । आकस्मिक धन लाभ हुनेछ । सामाजिक पदप्रतिष्ठासमेत थपिने छ ।

सिंह

बौद्धिक क्षमताको वृद्धि विकास हुनेछ । सन्तानको सहायताले कार्य बन्नेछन् । सही कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगतिको संकेत देखिन्छ ।

कन्या

आफन्तजनसँगनै विवादको स्थिति सृजना हुनेछ । विपक्षीले दुःख दिनेछन् । तपाईंको परिश्रममा अरुले नै रजाइँ गर्ने छन् । सामान्य कार्यमा पनि धेरै समय बिताउनु पर्दा दिक्क लाग्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।

तुला

पराक्रम बढेर जानेछ । कृषि क्षेत्रबाट अनपेक्षित लाभ मिल्नेछ । साथीसँगीको सहयोगले नयाँ कार्यको आरम्भ गरिनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । नयाँ कार्य योजनाहरु रचिने छ । खुसीयाली छाउनेछ ।

वृश्चिक

अल्छि गर्नाले विशेष अवसर फुत्कन सक्छ अल्लि जागरुक रहनु होला । अचल वस्तुमा गरेको लगानीले भविष्यसम्म लाभ लिन पाइनेछ । बोलिको कदर हुनेछ । कुटुम्बको सहयोगले कार्यहरु बन्नेछन् ।

धनु

आत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ । विशेष समारोहमा अतिथिको सत्कार पाइनेछ । विपक्षीहरु पनि समर्थनमा आउने छन् । मिहिनेतको सही रुपमा कदर हुनेछ । नोकरीमा नयाँ जिम्मेवारी थपिनेछ ।

मकर

खर्चभार बढ्नाले तालमेल मिलाउन गाह्रो पर्नेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । अधिक परिश्रम पछिमात्र लक्ष्यमा पुग्न सकिनेछ । हतारको निर्णयले समस्यामा परिनेछ । नयाँ लगानी शुभ देखिन्न ।

कुम्भ

कामप्रतिको लगनशीलता बढेर जानेछ । परोपकारी भावना जागृत हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्ने छन् । व्यवसायबाट राम्रै लाभ मिल्नेछ । थालेका धेरै कार्यले पूर्णता पाउने देखिन्छ ।

मीन

कर्मभाव खुलेको छ । छोटो रमाइलो भ्रमणको योग बनेको छ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन कसिलो बन्नेछ । नयाँ अवसर मिल्नेछ । आर्थिक अवस्था बलियो नै रहनेछ । सुखसुविस्ताका साधन जुट्ने छन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष १ गते बुधवार, तदनुसार ई.सं. २०२० डिसेम्बर १६ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको द्वितीया तिथि बेलुका ६ः५९ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।

नक्षत्र पूर्वषाढा बेलुका १०ः४४ बजेसम्म, त्यसपछि उत्तरषाढा रहनेछ ।
विष्कुंभादी योग वृद्धि वेलुका ९ः३७ बजेसम्म, त्यसपछि ध्रुव रहनेछ ।
आनन्दादी योग श्रीवत्स ।
करण बालव पूर्वान्ह ७ः४० बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : धनु राशिमा मध्यरात्रि पछि ४ः३७ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः४९ बजे, सूर्यास्त : बेलुका ५ः०९ बजे ।