राशिफल

२०७७ पौष १८ गते शनिबार

मेष

चञ्चलेपनले गर्दा काम कार्य विग्रने छ । अनावश्यक कार्यमा लगानी गर्नाले पछुताउनु पर्नेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खाइनेछ । स्वास्थ्य समस्याले गर्दा काम गर्न सकिने छैन ।

बृष

साझेदारी कार्यबाट उचित लाभ पाइनेछ । हर्ष बढ्नेछ । सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्नेछन् । काम गरेर आत्मसन्तोष मिल्नेछ । नयाँ कार्यको सम्झौता गरिनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ ।

मिथुन

नयाँ लगानी उचित नदेखिए तापनि अघि गरेको लगानिबाट भने लाभ मिल्नेछ । थोरै समयमा धेरै कार्य गर्न सकिनेछ । दैनिक कार्यमा समेत नयाँ तौरतरिकाको प्रयोगले गर्दा सहजताको अनुभव हुनेछ । मन खुसी रहनेछ ।

कर्कट

सन्तोषी प्रवृत्ति रहनेछ । आत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेकाले वाक् कलाको बृद्धि विकास हुनेछ । सहनशीलता र कृयाशीलतामा बढवा हुनेछ । मिहिनेत अनुसारको लाभ पाइनेछ । सहज वातावरण बन्नेछ ।

सिंह

द्विस्वभाव युक्त सोचाइका कारण निर्णय लिन गाह्रो पर्नेछ । कठोर बोली व्यवहारका कारण आफन्तजनहरु टाढिने छन् । गलत व्यक्तिको संगतले नकारात्मक कार्यमा सरीक भइन सक्छ, सजक रहनु होला ।

कन्या

अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । कार्य गरेर छिट्टै परिणाम आउँदा खुसी लाग्नेछ । आम्दानीका नयाँ बाटाहरु फेला पर्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । शुभ समाचार पाइनेछ ।

तुला

बन्धुवान्धवको सहयोगले कार्यको आरम्भ हुनेछ । नयाँ क्षेत्रको प्रवेश गर्ने अवसर मिल्नेछ । अघिदेखि अल्झिएका कार्यले स्थान पाउने छन् । नयाँ ठाउँको भ्रमणको योग बनेको छ । ठूला व्यक्तिसँग नजिकिने छ ।

वृश्चिक

नयाँ योजनाका साथ अघि बढिनेछ । आध्यात्मिक चिन्तन रहनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । धार्मिक कृत्यमा मन रमाउनेछ । स्वास्थ्य समस्यामा केही कमी हुनेछ । नोकरीमा अपजस मिल्नेछ ।

धनु

शारीरिक आलस्यताले छाड्ने छैन । विना सोच, तयारी निर्णय लिँदा पछि आँफैलाई समस्यामा पार्न सक्छ, सतर्क रहनु होला । प्रेमीप्रेमिका बीच मनमुटावको स्थिति सृजना हुनेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला ।

मकर

अरुलाई सजिलै आकर्षित पार्न सकिनेछ । विद्वान व्यक्तिसँगको संगत रहनेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

कुम्भ

अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगतिको योग बनेको छ । सहज वातावरण बन्नाले कार्य गर्न सजिलो हुनेछ । विवादित कार्यलाई मिलाएर अघि बढ्न सकिनेछ । स्वास्थमा सुधार हुनेछ । धन लाभ हुनेछ ।

मीन

देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । कलात्मक कार्यमा मन जानेछ । पुराना अधुरा कार्यलाई पहल गर्दा बन्नेछन् । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष १८ गते शनिबार, तदनुसार ई.सं. २०२१ जनवरी २ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार पौषकृष्णपक्षको तृतीया तिथि बिहान ८ः५४ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।

नक्षत्र अश्लेषा बेलुका ८ः३१ बजेसम्म, त्यसपछि मघा रहनेछ ।
विष्कुंभादी योग विष्कुंभ दिवा १२ः४८ बजेसम्म, त्यसपछि प्रीति रहनेछ ।
आनन्दादी योग मानस ।
करण बव वेलुका ८ः३० बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : कर्कट राशिमा वेलुका ८ः३१ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः५७ बजे, सूर्यास्त : बेलुका ५ः१९ बजे ।