राशिफल

२०७७ पौष ११ गते शनिबार

मेष

आर्थिक पक्ष बलियो रहला । विशेष कार्यमा अतिथिको सत्कार पाइएला । मानसिक शान्तिको अनुभूति हुनेछ । सामान्य प्रयत्नले नै लक्ष्यमा पुग्न सफल भइनेछ ।स्वास्थ्य ठिकठाक नै रहनेछ । मान–सम्मान मिल्नेछ ।

बृष

बोलिको गलत अर्थ लाग्नेछ । दैनिक कार्यमा समेत विघ्नबाधा आउन सक्छ संयम रहेर कार्य गर्नुहोला । अरुको भरविश्वासमा पर्दा विशेष अवसर गुम्नेछ । समस्या र खर्चभार बढ्नाले मानसिक तनाब थपिनेछ ।

मिथुन

व्यवसायमा नविन लगानि गर्दा दिगो रुपमा फाइदा मिल्नेछ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । नविन अवसरहरु मिल्नेछन् । आम्दानिका बाटाहरु फेला पर्नेछन् ।समय शुभ रहेको छ ।

कर्कट

नविन क्षेत्रको भ्रमण होला । खुसीको खबर मिल्नेछ । पुराना कुरालाई सम्झेर बस्ने बेला छैन । नविन सोच र कार्यको आरम्भ गर्दा मान्यजनको समेत साथ समर्थन मिल्नेछ । नोकरीमा उच्च जिम्मेवारी पाइएला ।

सिंह

समस्याको पहिचान गर्न सकिनेछ । नोकरीमा अपजश व्यहोर्नु परेता पनि व्यवसायबाट राम्रै उपलब्धि मिल्नेछ । कठोर बोलिमा नियन्त्रण गर्नुहोला । परोपकारी कार्यमा सहभागी भइनेछ । दिन मिश्रीत फलदायी रहला ।

कन्या

काम गरेर जश भन्दा अपजश मिल्नेछ । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । आर्थिक कारोबारमा विवाद बढ्न सक्छ, टिपोट गरेर व्यवहार गर्नुहोला । नविन कार्य थाल्दा अग्रजको सहयोग लिनुहोला ।

तुला

तपाईँको काम गर्ने शैलीले धेरै व्यक्तिहरु प्रभावित बन्नेछन् । नविन प्रेम प्रस्तावको योग बनेको छ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । अधुरा कार्यलाई सूचारु गर्न सकिनेछ । विशेष कार्यको नेतृत्व गर्न पाइएला ।

वृश्चिक

सानातिना समस्या आइलागेता पनि प्रयत्न गर्दा समाधान गर्न सकिनेछ । पारिवारीक सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । साझेदारी काम कार्यबाट लाभ लिन पाइनेछ । स्वास्थ्यको भने ख्याल राख्नु होला ।

धनु

अनावश्यक कार्यमा भुल्ने समय छैन । टाढिएका आफन्तजनसँग सम्बन्ध सुधार्न सकिनेछ । उत्साह उमंग छाउनेछ । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । व्यवसायबाट सन्तोष मिल्नेछ । दिन शुभ नै रहला ।

मकर

गोपनियता बाहिरिँदा समस्यामा परिन सक्छ सजक रहनु होला । अनावश्यक चिन्ता, पिर थपिनेछ । शारीरिक आलस्यताले काम गर्ने जाँगर लाग्ने छैन । नविन लगानि गर्दा सोचे अनुरुप लाभ नमिल्ला ।

कुम्भ

पराक्रम भावको चन्द्रमाले विविध लाभ दिलाउनेछ । दाजुभाइको सर–सहयोग उचित रुपमा पाइनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । बोलिकै भरमा धेरै कार्य बन्नेछन् । कल्याणकारी कार्यमा समय वित्नेछ ।

मीन

सुस्तकाम गतिले पछि परिन सक्छ अल्लि जागरुक हुनुहोला । गरेका काम कार्यबाट सन्तोष मिल्नेछ । धनसंचयको वातावरण बन्नेछ । कलात्मक कार्यमा मन जानेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट होला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष ११ गते शनिबार, तदनुसार ई.सं. २०२० डिसेम्बर २६ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षशुक्लपक्षको द्वादशी तिथि रात्रि ४ः१६ बजेसम्म, त्यसपछि त्रयोदशी रहनेछ ।

नक्षत्र भरणी पूर्वान्ह ११ः२२ बजेसम्म, त्यसपछि कृत्तिका रहनेछ ।
विष्कुंभादी योग सिद्ध वेलुका ४ः४२ बजेसम्म, त्यसपछि साध्य रहनेछ ।
आनन्दादी योग ध्वांक्ष ।
करण बव दिवा ३ः१३ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मेष राशिमा वेलुका ६ः०१ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः५४ बजे, सूर्यास्त : बेलुका ५ः१४ बजे ।