राशिफल

२०७७ पौष १० गते शुक्रबार

मेष

दैनिक उपभोग्य सुखसुविस्ताका साधनहरु जुट्ने छन् । आर्थिक पक्ष बलियो रहनेछ, जसका कारण नयाँ लगानी गरिनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । नयाँ–नयाँ जिम्मेवारी मिल्नेछन् । विशिष्ट व्यक्तिसँग सम्पर्क रहनेछ ।

बृष

आफन्तहरु टाढिने छन् । हतारको निर्णयले आँफैलाई नोक्सान पुर्‍याउनेछ । गोपनीयता बाहिरिँदा विपक्षीले फाइदा उठाउने छन् । अरुको लहैलहैमा लाग्दा अनावश्यक खर्च भार थपिनेछ । वैदेशिक क्षेत्रका कार्य बन्नेछन् ।

मिथुन

व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसीयाली छाउनेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । नयाँ आयस्रोत फेला पर्नेछ । लामो समयपछि मित्रमिलन हुनेछ । मानसिक क्षमतामा वृद्धि विकास हुनेछ ।

कर्कट

सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । खुसीको खबर सुन्न पाइनेछ । जिम्मेवारीलाई सही तरिकाले वहन गर्न सकिनेछ । सहनशीलता र क्रियाशीलताको विकास हुनेछ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ ।

सिंह

नोकरीमा केही अपजस व्यहोर्नु परे तापनि व्यवसायबाट भने अपेक्षित लाभ मिल्नेछ । धार्मिक कृत्यमा सहभागी भइनेछ । आफन्तजनसँगको रमाइलो जमघटको योग बनेको छ । अरु व्यक्तिको समस्यामा सहयोगी बनिनेछ ।

कन्या

ठूलो अवसर मिले तापनि वास्ता नगर्दा मौका फुत्कनेछ । अवसर हुँदाहुँदै विकल्पको खोजीले अन्योलको वातावरण बनाउनेछ । प्रेमीप्रेमिका बीच मनमुटावको स्थिति सृजना हुनेछ । अरु दिनको तुलनामा अध्ययनमा ह्रास आउनेछ ।

तुला

विपरीत लिंगीको साथ, सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । नेतृत्व गणसँगको सम्बन्धमा निकटता आउनेछ । मन प्रसन्न रहनेछ । तपाईंको कार्य गर्ने शैलीको चर्चा हुनेछ । बोली, वचनमा मिठासता आउनेछ ।

वृश्चिक

पारिवारिक समस्या हल भएर जानेछ । धार्मिक आस्था जाग्नेछ । हर्षको खबर मिल्नेछ । मन मिल्ने व्यक्तिसँगको छोटो यात्रा हुनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । व्यवसायमा नयाँ सम्भावनाहरु देखा पर्नेछन् ।

धनु

कुनै पनि कार्यको प्रतिफल पाउन केही समय पर्खनु पर्छ, धैर्य गर्नुहोला । अध्ययनमा अल्लि जोड दिनुपर्छ । आफन्त एवं साथीभाइको सहयोगले कार्य थाल्दा सफल भइनेछ । मानसिक क्षमताको विकास हुनेछ ।

मकर

नजिकका व्यक्तिसँग नै विवादको स्थिति सृजना हुन सक्छ, बोलीमा सजक रहनु पर्ने देखिन्छ । अरुको विश्वासमा पर्दा काम बिग्रने छ । मन भित्र शंका उपशंका उब्जनेछ । आफ्नै कारणले काम बिग्रदा पछुतो लाग्नेछ ।

कुम्भ

सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्नेछन् । सामाजिक कार्यबाट सम्मान पाइनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । कार्य क्षेत्रप्रति लगनशील भएर लागिनेछ । विपक्षीहरु पनि मेलमिलापमा आउन बाध्य हुनेछन् ।

मीन

अरुको लहैलहैमा लाग्दा धन एवं समयको नोक्सानी हुनेछ । हतारको निर्णयले समस्याको सृजना मात्र हुनेछ । नकारात्मक सोच विचारले सताउनेछ । आफन्तजन टाढिनेछन् । मैत्री भावले कार्य गर्नुपर्ने देखिन्छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष १० गते शुक्रबार, तदनुसार ई.सं. २०२० डिसेम्बर २५ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको एकादशी तिथि रात्रि २ः०८ बजेसम्म, त्यसपछि द्वादशी रहनेछ ।

नक्षत्र अश्विनी बिहान ८ः४५ बजेसम्म, त्यसपछि भरणी रहनेछ ।
विष्कुंभादी योग शिव बेलुका ४ः१० बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग वज्र ।
करण वणिक् दिवा १ः०३ बजेसम्म, त्यसपछि बब रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मेष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः५४ बजे, सूर्यास्त : बेलुका ५ः१४ बजे ।