राशिफल

२०७७ चैत्र ८ गते आइतबार

मेष

नयाँ ठाउँको भ्रमण हुनेछ । कृषि क्षेत्रमा गरेको लगानिले दिगो फाइदा हुनेछ । साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुखसुविस्ताका साधनहरु जुट्नेछन् । हर्षको खबर मिल्नेछ ।

बृष

दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ, कुटुम्बको सल्लाहमा अघि बढ्दा सफल भइनेछ । अचल वस्तुमा गरेको लगानिबाट दीर्घकालीन लाभ मिल्नेछ । दूरदर्शी सोचाइ रहनेछ । मानसिक क्षमताको कदर हुनेछ ।

मिथुन

विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । आत्मबल आत्मविश्वास बढ्नेछ । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । समय शुभ छ ।

कर्कट

नयाँ लगानि शुभ देखिन्न । खर्चको मात्रा ज्यादा हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । प्रतिक्षित नतिजामा गिरावट आउनेछ । दैनिक कार्यमा व्यस्थ रहनु होला । टाढाको यात्रा कष्टकर रहनेछ ।

सिंह

मानसिक क्षमतामा बृद्धि हुनेछ । एघारौं भावमा स्थित चन्द्रमा ग्रहका बलले सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । व्यापार व्यवसायमा नवीन संभावनाहरु देखा पर्नेछन् । आकस्मिक लाभको योग बनेको छ ।

कन्या

विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी थपिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । अध्ययनमा रुचि बढ्नेछ । मान्यजनसँग सहकार्य गर्न पाइनेछ । वहान सुख मिल्नेछ ।

तुला

नोकरीमा नयाँ जिम्मेवारी बढ्नेछ । लगानिको अवसर मिल्नेछ । धार्मिक आस्था जाग्नेछ । टढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । सृजनशिलताको प्रशंसा मिल्नेछ ।

वृश्चिक

चिन्ता, पीरले सताउनेछ । नजिकका व्यक्तिसँग नै वैमनस्यता उत्पन्न हुनेछ । अनावश्यक कार्यमा भुल्दा गर्नै पर्ने कार्यले विराम लिनेछन् । परिश्रमको उचित मूल्यांकन नमिल्दा काम गर्ने हौसला घट्नेछ ।

धनु

पारिवारिक मेलमिलाप हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । शैक्षिक क्षेत्रमा उन्नति हुनेछ । श्रममार्गबाट समेत सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्नेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहला ।

मकर

विपक्षीले बाधा व्यवधान ल्याउन खोजेता पनि अडिक भएर लाग्दा जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो रहँदा लगानिको वातावरण बन्नेछ । धनसञ्चय गर्न मन लाग्नेछ । आफन्तको साथ पाइनेछ ।

कुम्भ

सद्बुद्धि प्राप्तिको योग बनेको छ । कामको शिलसिलामा रमाइलो यात्रा हुनेछ । सृजनात्मक कलाको विकास हुनेछ । टाढिएका आफन्तजनसँग रमाइलो भेट हुनेछ । मिष्ठान्न भोजनको आनन्द लिन पाइनेछ ।

मीन

जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । आफन्तजनहरु टाढिने छन् । शारीरिक कमजोरीले गर्दा दैनिक काम कार्यमा समेत अबरोध आउनेछ । अनावश्यक कार्यमा समय वित्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल चैत्र ८ गते आइतबार, तदनुसार ई.सं. २०२१ मार्च २१ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यउत्तरायण, वसन्तऋतु, चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्षको अष्टमी तिथि मध्यरात्रि पछि ४ः५६ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।

नक्षत्र मृगशिरा वेलुका ४ः०४ बजेसम्म, त्यसपछि आद्र्रा रहनेछ ।
विष्कुंभादी योग आनन्द विहान ९ः५० बजेसम्म, त्यसपछि सौभाग्य रहनेछ ।
आनन्दादी योग सौम्य ।
करण भद्रा वेलुका ४ः१८ बजेसम्म, त्यसपछि बालव रहनेछ ।
श्रीसूर्य मीन राशिमा, चन्द्रमा : मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०९ बजे, सूर्यास्त : बेलुका ६ः१५ बजे ।