राशिफल

२०७७ कार्तिक ५ गते विहीबार

मेष

धेरै क्षेत्रमा पहुँच रहनेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । हर्ष बढ्नेछ । मांगलिक कृत्यमा सहभागी हुन पाइनेछ । सकारात्मक सोच विचार रहनेछ । सोचे अनुरुप काम कार्य बन्नेछन् ।

बृष

गोपनीयता बाहिरिँदा विपक्षीले दुःख दिनेछन् । व्यर्थको कार्यमा समय व्यतित हुनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । साँझपख स्वास्थ्यमा सुधार हुनेछ भने आर्थिक पक्षमा समेत उन्नतिको योग बनेको छ ।

मिथुन

नेतृत्वदायी कार्यको जिम्मेवरी पाइनेछ । प्रेमीप्रेमीका विचको सम्बन्ध प्रगाढ रहनेछ । आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । सहनशिलता र कृयाशिलताको विकास हुनेछ । दिन हर्षाेल्लास पूर्वक वित्नेछ ।

कर्कट

बन्दव्यापार एवं श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि दिन विशेष उन्नतिदाय रहनेछ । वित्तिय कारोवारले गति लिनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । सानातिना समस्यामा नआत्तिनु होला, जीत तपाईँकै हुनेछ ।

सिंह

सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ, समर्थन मिल्नेछ । शैक्षिक क्षेत्रमा विशेष प्रगतिको संकेत देखिन्छ । सोच्न सक्ने क्षमताको बृद्धि विकास हुनेछ भने बन्धुवान्धवसँगको रमाइलो जमघट समेत हुनेछ ।

कन्या

धेरै परिश्रम गर्दा पनि जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । जिम्मा लिएका कार्यलाई पूरा गर्न सकिने छैन । आफन्तजन एवं सहयोगीसँग नै विवादको स्थिति सृजना हुनेछ । जिद्दि गर्ने वानिले बन्नै आँटेका कार्य पनि रोकिनेछन् ।

तुला

सहोदरका व्यक्तिको साथ पाइनेछ । नोकरीमा नयाँ जिम्मेवारी मिल्नेछ । सामाजिक कार्यबाट सम्मान पाइनेछ । नयाँ कार्य योेजना रचिनेछ । सहमतिद्वारा समस्याको समाधान हुनेछ । उदारपन रहनेछ । दिन शुभ रहेको छ ।

वृश्चिक

अचल वस्तु जोडिनेछ । बोलिकै भरमा धेरै कार्य बन्नेछन् । कल्याणकारी कार्यमा सहभागी हुन पाउँदा खुसी बढ्नेछ । दुरदर्शी सोचाई रहनेछ । अध्ययनमा रुचि बढ्नेछ भने प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ ।

धनु

टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । शारीरिक स्फूर्ति रहनेछ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्दन गाँसिनेछ । सामाजिक उत्तरदायीत्व बढ्नेछ । धेरै व्यक्तिको विश्वासको पात्र बन्न सकिनेछ ।

मकर

अधिक परिश्रम पछिमात्र लक्ष्यमा पुग्न सकिनेछ । नयाँ लगानिले समस्या मात्र सृजना गर्नेछ । हतारमा थालेको कार्यले घाटा हुनेछ । लहैलहैमा लाग्दा व्यर्थको खर्चभार बढ्नेछ । झन्झटिला कार्य मात्र आइलाग्नेछन् ।

कुम्भ

साझेदारी कार्यको सुरुवाति गरिनेछ । व्यवसायबाट राम्रै लाभ मिल्नेछ । काम प्रतिको लगनशिलता तथा जिम्मेवारी बढ्नेछ । परोपकारी भावना जागृत हुनेछ । सहयोगीहरुको साथ सहयोगले कार्य बन्नेछन् ।

मीन

नयाँ कार्यको आरम्भ गरिनेछ । सुखसुविस्ता उपयोग गर्न पाइनेछ । मिहिनेतको सही मूल्यांकन मिल्नेछ । रमाइलो यात्राको योग बनेको छ । राजनैतिक क्षेत्रबाट सम्मान मिल्नेछ । काम गरेर देखाउने समय रहेको छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक ६ गते बिहीबार, तदनुसार ई.सं. २०२० अक्टोबर २२ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार आश्विनशुक्लपक्षको षष्ठी तिथि दिवा १ः१९ बजेसम्म, त्यसपछि सप्तमी तिथि रहनेछ ।

नक्षत्र मूल विहान ७ः३१ बजेसम्म, त्यसपछि पूर्वषाढा रहनेछ ।
विष्कुंभादी योग अतिगण्ड पूर्वान्ह ११ः१२ बजेसम्म, त्यसपछि सुकर्मा रहनेछ ।
आनन्दादी योग धूम्र
करण गर रात्रि १२ः४२ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा: धनु राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०९ बजे, सूर्यास्त : बेलुका ५ः२६ बजे ।