राशिफल

२०७७ कार्तिक २, आइतबार

मेष

श्रृंगारिक कार्यमा ध्यान जानेछ । माया–प्रेमको गाँठो कसिलो बन्नेछ । आर्थिक पक्षमा सुधार हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ ।सांगीत क्षेत्रमा रुचि बढ्नेछ ।

बृष

नयाँ अवसर प्राप्त हुनेछ । सानातिना समस्या आइलागेता पनि दृढ भएर अघि बढ्दा सफल नै भइनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

मिथुन

मनमा शान्तिको अनुभूति हुनेछ । सकारात्मक सोचाइ रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कृत्यमा सहभागी भइनेछ । पारिवारिक मेलमिलापको वातावरण बन्नेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ ।

कर्कट

चतुर्थ भावमा रहने चन्द्रमा ग्रहका प्रभावले कष्टको सामना गर्नु पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । नजिकका व्यक्तिसँग नै विवादको स्थिति सृजना हुनेछ । बोलिकै कारण बन्नै आँटेका कार्यले समेत विराम लिनेछन् ।

सिंह

कृषि एवं श्रममार्गबाट उचित लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । दाजुभाइको सहयोगले कार्य बन्नेछन् । नयाँ मित्र बनाइनेछ । सामाजिक कार्यबाट प्रशंसा मिल्नेछ ।

कन्या

अचल सम्पत्तिमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । धन सञ्चयको वातावरण बन्नेछ । घरमा नयाँ चहलपहल छाउनेछ । सामान्य कुरामा भुल्ने समय छैन । आफन्तजनसँगको भ्रमण होला ।

तुला

विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । मानसिक क्षमताको बृद्धि विकास हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । पूराना समस्यालाई हल गर्दै अघि बढ्न सकिनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् ।

वृश्चिक

मन हुँदाहुँदै पनि गरिरहेको कार्य छाड्नु पर्दा, नैराश्यता छाउनेछ । चिन्ता, पीरले सताउनेछ । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । झमेला युक्त कार्यको नेतृत्व गर्नु पर्नेछ ।

धनु

आय मूलक कार्यमा चासो रहनेछ । आस मारेको धन हात लाग्नेछ । विद्यार्थी वर्गका लागि समेत उन्नतिकारक समय रहेको छ । नयाँ प्रस्तावहरु आउने छन् । नयाँ व्यवसायको सुरुवाति गर्ने समय रहेको छ ।

मकर

सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । वहान सुख मिल्नेछ । आर्थिक उपलब्धि हुनेछ । कर्मभाव खुलेको छ । न्यायिक कार्यमा चासो रहनेछ ।

कुम्भ

समस्याको निराकरणको उपाय रचिनेछ । समय सुधारोन्मुख रहनेछ । सामान्य कार्यले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्ष बढ्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । आर्थिक पक्षमा सुधार हुनेछ ।

मीन

व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्यमा पछि परिनेछ । कठोर बोली व्यवहारका कारण मान्यजनसँग विवाद पर्नेछ । चिन्ता बढ्नेछ । हचुवाको भरमा निर्णय लिँदा समस्यामा परिन सक्छ, सजक रहनु होला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २ गते आइतबार, तदनुसार ई.सं. २०२० अक्टोबर १८ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार आश्विनशुक्लपक्षको द्वितीया तिथि वेलुका ९ः०५ बजेसम्म, त्यसपछि तृतीया तिथि रहनेछ ।

नक्षत्र स्वाती दिवा १२ः४३ बजेसम्म, त्यसपछि विशाखा रहनेछ ।
विष्कुंभादी योग प्रीति वेलुका १०ः११ बजेसम्म, त्यसपछि आयुष्मान् रहनेछ ।
आनन्दादी योग लुम्ब ।
करण बालव पूर्वान्ह १०ः१७ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : तुला राशिमा भोलि विहान ५ः३१ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः०६ बजे, सूर्यास्त : बेलुका ५ः३० बजे ।