राशिफल

२०७७ कार्तिक २९ गते शनिबार

मेष

नयाँ नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । मिहिनेतको उचित कदर हुनेछ । दाम्पत्य सहयोग पाइनेछ । प्रियजनसँगको रमाइलो पल वित्नेछ । मनोरञ्जनमा रुचि रहनेछ । असहज परिस्थितिलाई सुल्झाउन सकिनेछ ।

बृष

अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउने छन् । अपरिचित व्यक्तिको साथ पाइनेछ । श्रमको मूल्यांकन मिल्नेछ । स्वास्थ्यको भने ख्याल राख्नु होला ।

मिथुन

अधुरा कार्यलाई आंशिक रुपमा अघि बढाउन सकिनेछ । अध्ययनमा रुचि एवं कार्य क्षेत्रमा देखिएका बाधा क्रमशः फुक्दै जानेछन् । कामको चाप बढ्दा तालमेल मिलाउन गाह्रो पर्नेछ, परिवारको सहयोग लिनुहोला ।

कर्कट

साना–साना कार्यमा नै भुल्नुपर्नेछ । दुःखको सही मूल्यांकन मिल्ने छैन । आर्थिक पक्ष केही कमजोर बन्नेछ । तपाईँको मिहिनेतको जस अरुले नै लिनेछन् । सकेसम्म टाढाको यात्रा र नयाँ कार्य नथाल्नु उचित हुनेछ ।

सिंह

विपक्षीहरु पनि मेलमिलापमा आउँदा समस्या सुल्झनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । शैक्षिक क्षेत्रमा ध्यान जानेछ । पुराना साथीभाईसँगको रमाइलो भेटघाटको अवसर जुट्नेछ । शुभ खबर सुन्न पाइनेछ ।

कन्या

मांगलिक कार्यको निम्तो पाइनेछ । धार्मिक आस्था रहनेछ । तर अल्छि गर्नाले मौका फुत्कन सक्छ, अल्लि जागरुक रहनुहोला । धन सञ्चय गर्ने वातावरण बन्नेछ तर नयाँ लगानि भने आज नगर्नुहोला ।

तुला

आत्मियजनसँगको रमाइलो यात्रा वा भेट हुनेछ । बोलिकै भरमा ठूला कार्यहरु बन्नेछन् । व्यवसायबाट सुख सन्तोष मिल्नेछ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । सृजनात्मक कार्यमा ध्यान जानेछ ।

वृश्चिक

लहैलहैमा लाग्दा खर्चभार बढ्नेछ र आर्थिक तालमेल मिलाउन कठिन हुनेछ, पूर्व योजना बनाउनुहोला । विश्वास गरेका सहयोगीले साथ छाड्ने छन् । शारीरिक कमजोरीले कार्य गर्न सकिने छैन ।

धनु

आम्दानीका नयाँ बाटाहरु फेला पर्नेछन् । सान्दर्भिक कार्यको थालनीले धेरैको साथ पाइनेछ । व्यापार व्यवसायबाट मनग्य नाफा मिल्नेछ । अध्ययनमा जोड दिँदा उच्च स्थान मिल्नेछ । आर्थिक लाभप्रद समय रहेकोछ ।

मकर

कार्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सकिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुगिनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर जुट्नेछ । सामाजिक पदप्रतिष्ठा समेत मिल्नेछ । सम्मान मिल्ने समय रहेको छ ।

कुम्भ

स्वास्थ्यमा केही सुधार हुनेछ । विग्रिएको आर्थिक कारोवार बन्नेछ । काम गर्ने जोश, जाँगर बढ्नेछ । नोकरीमा लाग्ने व्यक्तिका लागि भने झन्झटिलो समय बन्नेछ । समग्रमा दिन मिश्रीतफलदायी रहने देखिन्छ ।

मीन

कष्टकर परिस्थितिको सामना गर्नुपर्नेछ । अरुको भर विश्वासमा बस्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ । शारीरिक आलस्यताले काम गर्न मन लाग्ने छैन । चिन्ता एवं पीरले सताउनेछ । दैनिकीमा व्यस्थ रहनुहोला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २९ गते शनिबार, तदनुसार ई.सं. २०२० नोभेम्बर १४ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको चतुर्दशी तिथि दिवा १ः४९ बजेसम्म, त्यसपछि औंशी तिथि रहनेछ ।

नक्षत्र स्वाती वेलुका ८ः५४ बजेसम्म, त्यसपछि विशाखा रहनेछ ।
विष्कुंभादी योग आयुष्मान् विहान ८ः१६ बजेसम्म, त्यसपछि सौभाग्य रहनेछ ।
आनन्दादी योग सिद्धि ।
करण चतुष्पाद रात्रि १२ः३७ बजेसम्म, त्यसपछि किंस्तुघ्न रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : तुला राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः२५ बजे, सूर्यास्त : बेलुका ५ः१० बजे ।