राशिफल

२०७७ कार्तिक १६ गते आइतबार

मेष

मान–सम्मान मिल्नेछ । विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । सामान्य प्रयत्नले नै लक्ष्यमा पुग्न सफल भइनेछ । आर्थिक पक्ष बलियो रहनेछ । स्वास्थ्य ठिकठाक नै रहला ।

बृष

दैनिक कार्यमा समेत विघ्नबाधा आउन सक्छ संयम रहेर कार्य गर्नुहोला । अरुको भरविश्वासमा पर्दा विशेष अवसर गुम्नेछ । समस्या र खर्चभार बढ्नाले मानसिक तनाब थपिनेछ । बोलिको गलत अर्थ लाग्नेछ ।

मिथुन

व्यवसायमा नविन लगानि गर्दा दिगो रुपमा फाइदा मिल्नेछ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । नविन अवसरहरु मिल्नेछन् । आम्दानिका बाटाहरु फेला पर्नेछन् । समय शुभ रहेको छ ।

कर्कट

नोकरीमा उच्च जिम्मेवारी बढ्नेछ । पुराना कुरालाई सम्झेर बस्ने बेला छैन । नविन सोच र कार्यको आरम्भ गर्दा मान्यजनको समेत साथ समर्थन मिल्नेछ । नविन क्षेत्रको भ्रमण होला । खुसीको खबर मिल्नेछ ।

सिंह

समस्याको पहिचान गर्न सकिनेछ । नोकरीमा अपजश व्यहोर्नु परेता पनि व्यवसायबाट राम्रै उपलब्धि मिल्नेछ । कठोर बोलिमा नियन्त्रण गर्नुहोला । परोपकारी कार्यमा सहभागी भइनेछ । दिन मिश्रीत फलदायी रहला ।

कन्या

नविन कार्य थाल्दा अग्रजको सहयोग लिनुहोला । काम गरेर जश भन्दा अपजश मिल्नेछ । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । आर्थिक कारोबारमा विवाद बढ्न सक्छ, टिपोट गरेर व्यवहार गर्नुहोला ।

तुला

विशेष कामको नेतृत्व गर्न पाइनेछ । तपाईँको काम गर्ने शैलीले धेरै व्यक्तिहरु प्रभावित बन्नेछन् । नविन प्रेम प्रस्तावको योग बनेको छ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । अधुरा कार्यलाई सूचारु गर्न सकिनेछ ।

वृश्चिक

साझेदारी काम कार्यबाट लाभ लिन पाइनेछ । सानातिना समस्या आइलागेता पनि प्रयत्न गर्दा समाधान गर्न सकिनेछ । पारिवारिक सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । स्वास्थ्यको भने ख्याल राख्नु होला ।

धनु

अनावश्यक कार्यमा भुल्ने समय छैन । टाढिएका आफन्तजनसँग सम्बन्ध सुधार्न सकिनेछ । उत्साह उमंग छाउनेछ । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । व्यवसायबाट सन्तोष मिल्नेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

मकर

नविन लगानि गर्दा सोचे अनुरुप लाभ मिल्ने छैन । गोपनियता बाहिरिँदा समस्यामा परिन सक्छ सजक रहनु होला । अनावश्यक चिन्ता, पिर थपिनेछ । शारीरिक आलस्यताले काम गर्ने जाँगर लाग्ने छैन ।

कुम्भ

कल्याणकारी कार्यमा समय वित्नेछ । पराक्रम भावको चन्द्रमाले विविध लाभ दिलाउनेछ । दाजुभाइको सर–सहयोग उचित रुपमा पाइनेछ । सामाजिक पद–प्रतिष्ठा थपिनेछ । बोलिकै भरमा धेरै कार्य बन्नेछन् ।

मीन

सुस्तकाम गतिले पछि परिन सक्छ अल्लि जागरुक रहनु होला । गरेका काम कार्यबाट सन्तोष मिल्नेछ । धनसंचयको वातावरण बन्नेछ । कलात्मक कार्यमा मन जानेछ । स्वास्थ्य समस्या देखिन सक्छ, सजक रहनुहोला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक १६ गते आइतबार, तदनुसार ई.सं. २०२० नोभेम्बर १ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको प्रतिपदा तिथि वेलुका ९ः३९ बजेसम्म, त्यसपछि द्वितीया तिथि रहनेछ ।

नक्षत्र भरणी वेलुका ८ः५८ बजेसम्म, त्यसपछि कृत्तिका रहनेछ ।
विष्कुंभादी योग व्यतिपात भोलि विहान ६ः१० बजेसम्म, त्यसपछि वरीयान् रहनेछ ।
आनन्दादी योग काल ।
करण बालव विहान ८ः३७ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : मेष राशिमा रात्रि ३ः३५ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः१५ बजे, सूर्यास्त : बेलुका ५ः१८ बजे ।