राशिफल

२०७७ असोज २५, आइतबार

मेष

आर्थिक अवस्था कमजोर बन्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउने छन् । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । नयाँ कार्य थाल्नु र टाढाको यात्रामा निस्कनु उचित देखिन्न ।

बृष

साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन् । हर्षको खबर मिल्नेछ । सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ ।

मिथुन

मिथुन ः ढिला सुस्तिका कारण महत्वपूर्ण मौका फुत्कनेछ । जिद्दि गर्नाले मान्यजनहरु रुष्ट बन्नेछन् । अनावश्यक कार्यमा भुल्दा समयको बरवादी मात्र हुनेछ । अचल वस्तुमा गरेका लगानिबाट भने दीर्घकालीन लाभ लिन सकिनेछ ।

कर्कट

विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ । बोलिको कदर हुनेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ ।

सिंह

विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत बाधा तथा समस्या सृजना हुनेछ । खर्चको मात्रा बढेर जानेछ । असन्तोषी प्रबृत्तिले सताउनेछ । सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ ।

कन्या

व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । रोकिएका वित्तीय कारोवार सुचारु हुनेछन् । नयाँ संझौताले पछिसम्म लाभ मिल्नेछ । सानो लगानिले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । आम्दानिका स्रोतहरु फेला पर्नेछन् ।

तुला

नयाँ ठाउँको भ्रमणको योग बनेको छ । इमान्दारीताको कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । कर्म क्षेत्रमा परिवर्तन आउनेछ । ऐतिहासिक कार्यको आरम्भ गरिनेछ ।

वृश्चिक

कार्य गर्दा नहतारिनु होला, दिन मिश्रीत फलदायी रहेको छ । सकारात्मक सोच विचार रहेता पनि विवादमा परिन सक्छ, बोलिमा ख्याल पुर्‍याउनु होला । आर्थिक पक्षमा सुधार हुँदा, व्यवहार मिलाउन सकिनेछ ।

धनु

अष्टमेश चन्द्रमा ग्रहले गर्दा शारीरिक कमजोरी, बोलिको अपव्याख्या तथा कडा परिश्रम गर्दा पनि जस मिल्ने देखिँदैन । आर्थिक आम्दानि भएता पनि सही प्रयोग गर्न सकिने छैन । मान्यजनको परामर्श आवश्यक देखिन्छ ।

मकर

कामको सिलसिलामा रमाइलो यात्राको अवसर समेत मिल्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । प्रेमीप्रेमी बिचको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ

कार्यशैलीले गर्दा धेरैको मन मष्तिस्कमा बस्न सकिनेछ । व्यवसायको आयबाट सन्तुष्टि मिल्नेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । घरायसी समस्या हल हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

मीन

आज विशेष गरेर विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । अघिल्लो दिनको तुलनामा आंशिक सुधार भएता पनि दुःख अनुरुपको लाभ भने मिल्ने छैन । मन वेचैन रहनेछ । नोकरीमा अपजस व्यहोर्नु पर्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज २५ गते आइतबार, तदनुसार ई.सं. २०२० अक्टोबर ११ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनकृष्णपक्षको नवमी तिथि दिवा १२ः१६ बजेसम्म, त्यसपछि दशमी तिथि रहनेछ ।

नक्षत्र तिष्य वेलुका ९ः१४ बजेसम्म, त्यसपछि अश्लेषा रहनेछ ।
विष्कुंभादी योग सिद्ध वेलुका ८ः०३ बजेसम्म, त्यसपछि साध्य रहनेछ ।
आनन्दादी योग श्रीवत्स ।
करण वणिक् रात्रि ११ः५३ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : कर्कट राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०२ बजे, सूर्यास्त : बेलुका ५ः३७ बजे ।