राशिफल

२०७७ असोज २४, शनिबार

मेष

नयाँ मित्र बनाइनेछ । मन मिल्ने व्यक्तिसँगको जम्काभेटले रमाइलो माहोल बन्नेछ । काम गरेर आत्मसन्तोष मिल्नेछ । छोटो रमाइलो यात्राको संभावना बलियो रहेको छ । साँझपख स्वास्थ्य कमजोर बन्नेछ ।

बृष

सामाजिक कार्यबाट सम्मान पाइनेछ । सानातिना समस्याले छाड्ने छैनन् । पूर्व तयारीका साथ कार्य गर्दा समस्यालाई समाधान गर्न सकिनेछ । कुटुम्बको साथ सहयोग मिल्नेछ । अचल सम्पत्ति जोडिने छ ।

मिथुन

कामप्रतिको लगनशिलता बढेर जानेछ । बोलिको प्रभाव रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । मानसिक क्षमताको प्रशंसा हुनेछ । खुसीको खबर सुन्न पाइनेछ ।

कर्कट

अनावश्यक कार्यमा समय वित्नेछ । शत्रू भेदले सताउनेछ । थालेका कार्यले सही रुपमा स्थान पाउने छैनन् । नयाँ आर्थिक लगानिले समस्याको सृजना हुनेछ । उत्तराद्र्धको समयमा समस्याहरु हल हुनेछन् ।

सिंह

अघिदेखिको परिश्रमको फल ग्रहण गर्न पाइनेछ । व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । सहयोगीहरुको साथ समर्थनले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । वेलुकी पख एक्कासी समस्या आइलाग्नेछ ।

कन्या

नयाँ कार्यको प्रस्ताव आउनेछ । पूराना समस्यालाई हल गर्दै नयाँ कार्य योजना रचिने छ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । उच्चस्तरका व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ ।

तुला

विपक्षीहरु पनि सहयोगमा जुट्ने छन् । रोकिएका कार्यलाई पहल गर्दा बन्ने छन् । समाज सेवामा मन रमाउनेछ । साकारात्मक सोच विचारको उदय हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ ।

वृश्चिक

पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्ने छैन । मनमा शंका उपशंका उब्जनेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । ठूलो लगानि उचित देखिन्न । दैनिकीमा नै व्यस्थ रहनु होला ।

धनु

नेतृत्व गणसँग घनिष्ठता रहनेछ । कलात्मक कार्यमा रुचि बढ्नेछ । श्रृङ्गारिक कार्यमा मन जानेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । वेलुकी पख विपक्षीले दुःख दिनेछन् ।

मकर

व्यापार व्यवसायबाट अनपेक्षित लाभ मिल्नेछ । नयाँ नयाँ प्रस्तावहरु आउने छन् । कामको सन्दर्भमा यात्रा हुनेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा बन्ने छन् । श्रमको सही मूल्यांकन मिल्नेछ ।

कुम्भ

नयाँ ज्ञान ग्रहण गर्न पाइनेछ । शैक्षिक क्षेत्रमा नतिजा सकारात्मक आउँदा हर्ष बढ्नेछ । धेरै व्यक्तिसँग सम्पर्क बढ्नेछ । पारिवारिक समस्या हल हुनेछ । नयाँ योजना रचिनेछ । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।

मीन

अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले समस्यामा परिनेछ । आफन्तजनसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । सामान्य कार्यलाई पनि धेरै समय खर्च गर्नु पर्नेछ । तर उत्तराद्र्धको समयमा समस्या सुल्झनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज २४ गते शनिबार, तदनुसार ई.सं. २०२० अक्टोबर १० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनकृष्णपक्षको अष्टमी तिथि दिवा १२ः४१ बजेसम्म, त्यसपछि नवमी तिथि रहनेछ ।

नक्षत्र पुनर्वसू वेलुका ९ः१० बजेसम्म, त्यसपछि तिष्य रहनेछ ।
विष्कुंभादी योग शिव वेलुका ९ः३९ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग छत्र ।
करण तैतिल रात्रि १२ः३२ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : मिथुन राशिमा दिवा ३ः०५ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः०२ बजे, सूर्यास्त : बेलुका ५ः३८ बजे ।