राशिफल

२०७७ असोज १४, बुधबार

मेष

सृजनशिलताको विकास होला । साझेदारी कार्यको आरम्भ गर्दा दिगो रुपमा फाइदा लिन सकिनेछ । अनुसन्धनात्मक कार्यमा चासो रहनेछ । सामाजिक कार्यबाट सम्मान पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

बृष

वहानादिको उचित प्रयोगले गर्दा महत्वपूर्ण कार्य बन्नेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । ठूला व्यक्तिसँग संगत रहनेछ । विवादित कार्यमा तपाईँकै जीत हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मिथुन

छोटो रमाइलो यात्राको संभावनालाई नकार्न सकिन्न । नयाँ नेतृत्वदायी कार्यको जिम्मा लिँदा समर्थकहरु बढ्नेछन् । कल्याणकारी कार्यमा मन रमाउनेछ । व्यवसायबाट पनि लाभकारी समय रहेको छ ।

कर्कट

व्यर्थको कार्यमा समय वित्नेछ । गोपनियता बाहिरीँदा समस्यामा परिनेछ । विना तयारी कार्यमा लाग्दा अन्योलको वातावरण बन्नेछ । स्वास्थ्य कमजोर रहनेछ । दैनिक कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।

सिंह

काम गर्ने कलाको प्रशंसा हुनेछ । विलासिताका कार्यमा मन जानेछ । मायाप्रेमको बन्धन कसिलो रहला । नेतृत्वदायी कार्यको जिम्मा पाइएला । मनोरञ्जनात्मक समारोहमा सहभागी हुन पाइनेछ ।

कन्या

समस्या तथा चुनौति थपिनेछ । शत्रू पक्षले दुःख दिन खोज्नेछन् तर प्रयत्न गर्दा अधुरा काम कार्यलाई पूर्णता दिन सकिनेछ । गुमेको धन हात पर्दा खुसी भइनेछ । आजको दिन मिश्रीत फलदायी रहने देखिन्छ ।

तुला

अध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम व्यवहारमा अग्रपंक्तिमा आउन सफल भइनेछ । ऐतिहासिक कार्यको आरम्भ होला । सकरात्मक कार्यको चिन्तन हुनेछ । सन्तानपक्षको साथले कार्य बन्नेछन् ।

वृश्चिक

झन्झटिका कार्य सम्पादन गर्नुपर्दा दिक्क लाग्नेछ । अनावश्यक कार्यमा समय वित्नेछ । विकल्पको खोजीले गर्दा महत्वपूर्ण कार्यमा पछि परिनेछ । मातृ पक्षको साथ सहयोगले कार्य गर्दा सफल भइनेछ ।

धनु

हर्षको खबर सुन्न पाइनेछ । व्यापार व्यवसायबाट अनपेक्षित लाभ मिल्दा खुसी भइनेछ । साथीसंगीको सहयोगले कार्य बन्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । आकस्मिक धन लाभको योग समेत देखिन्छ ।

मकर

दोधारेपनले सताउन सक्छ अग्रज व्यक्तिको साथले निर्णय लिनु होला । धनसञ्चय गर्न मन लाग्नेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । घरायसी सरसामन जोडिनेछ । अल्छिपना त्यागेर कार्यमा लाग्नुहोला ।

कुम्भ

आजको दिनमा थालेका काम कार्यले पछिसम्म लाभ मिल्नेछ । तपाईँको कार्यले छरछिमेकमा बेग्लै तरंग पैदा गर्नेछ । धार्मिक कार्यमा आस्था जाग्नेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । नयाँ स्थानको भ्रमण हुनेछ ।

मीन

बोलेका कुरा पूरा गर्न गाह्रो पर्नेछ । नकारात्मक कार्यमा सहभागी भइनेछ । आर्थिक पक्ष कजोर रहनेछ । व्यवसायबाट आयआर्जन राम्रै भएता पनि अनावश्यक स्थानमा लगानि हुनसक्छ, सजक रहनु होला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज १४ गते बुधबार, तदनुसार ई.सं. २०२० सेप्टेम्बर ३० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनशुक्लपक्षको चतुर्दशी तिथि वेलुका ११ः४७ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि रहनेछ ।

नक्षत्र पूर्वभाद्रपदा रात्रि ३ः३८ बजेसम्म, त्यसपछि उत्तरभाद्रपदा रहनेछ ।
विष्कुंभादी योग गण्ड वेलुका ९ः३५ बजेसम्म, त्यसपछि बृद्धि रहनेछ ।
आनन्दादी योग पद्म ।
करण गर पूर्वान्ह ११ः६ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : कुम्भ राशिमा वेलुका ९ः१८ बजेसम्म रहनेछ ।
सूर्योदय ५ः५६ बजे, सूर्यास्त : बेलुका ५ः४९ बजे ।