राशिफल

२०७७ असोज १३, मंगलबार

मेष

नवीन क्षेत्रको प्रवेशले उत्साह छाउनेछ । रोकिएका कारोबारले गति लिने छन् । लाभस्थानको चन्द्रमा प्रभावले चौतर्फी लाभको संकेत देखिन्छ । साथीसंगीको साथले कार्य बन्नेछन् । हर्षको खबर मिल्नेछ ।

बृष

नयाँ मित्र बनाइनेछ । मान्यजन एवं बन्धुवान्धवको साथ मिल्नेछ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ । नयाँ कार्य योजना बनाएर अघि बढ्ने समय रहेको छ । उपहारादी मिल्ने योगसमेत देखिन्छ ।

मिथुन

धार्मिक कृत्यमा सहभागी भइनेछ । स्वास्थ्यमा सुधार होला । पुराना समस्यालाई हल गरेर अघि बढ्न सकिनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । पढाइलेखाइमा मन आकर्षित हुनेछ । दिन सुधारोन्मुख रहनेछ ।

कर्कट

स्वास्थ्य कमजोर बन्नेछ । अष्टमेश चन्द्रमाले आत्मविश्वासमा कमी ल्याउनेछ । आफ्नै निर्णय आफैलाई चित्त बुझ्ने छैन । दैनिक कार्यमासमेत परिश्रम बढी गर्नुपर्ला । पूर्व योजना बनाएर कार्य थाल्नुहोला ।

सिंह

शुभ समाचार सुन्न पाइनेछ । आर्थिक लगानीको वातावरण बन्नेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछन् । श्रृङ्गारिक कार्यमा मन जानेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहला । हर्षको खबर मिल्नेछ ।

कन्या

श्रमको उचित मूल्याङ्कन मिल्नेछ । परिश्रम ज्यादा गर्नु परेतापनि उचित प्रगतिफल मिल्दा चित्त बुझ्नेछ । व्यवसायबाट राम्रै लाभांश लिन सकिनेछ । अधिक व्यस्थताका कारण स्वास्थ्य भने कमजोर बन्नेछ ।

तुला

पारिवारिक सहयोग मिल्दा काम बन्नेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । बौद्धिक क्षमतामा वृद्धि विकास हुनेछ । तनावदायी कार्यको अन्त्य हुनेछ । आफन्तजनसँगको सम्बन्धमासमेत सुधार भएर जानेछ ।

वृश्चिक

अध्ययनमा भन्दा वाहिरी विषयमा समय बित्नेछ । शारीरिक कमजोरीले गर्दा गर्दै गरेका काम कार्य छाड्नु पर्ला । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । सजक रहेर कार्य गर्नुहोला ।

धनु

पराक्रम भाव बलियो रहेको छ । एकल प्रयासले नै धेरै कार्यहरु सम्पन्न गर्न सकिनेछ । घारायसी समस्याहरु हल भएर जानेछन् । शैक्षिक क्षेत्रमा प्रगति होला । मित्रमिलनको योग रहेको देखिन्छ ।

मकर

व्यवसायबाट उचित लाभांश उठाउन सकिनेछ । काम कार्यमा व्यस्थ रहँदा खानपानको तालमेल मिल्ने छैन । पूर्व योजना बनाएर अघि बढ्दा धेरै कार्यमा सफल भइनेछ । रचनात्मक कलाको विकास हुनेछ ।

कुम्भ

वाक् कलाको वृद्धि विकास हुनेछ । अघिदेखि रोकिएका काम कार्यलाई सुचारु गरिनेछ भने नयाँ योजना रचिने छन् । नयाँ पदप्रतिष्ठा मिल्नेछ । नयाँ–नयाँ प्रस्तावहरु आउनेछन् । समय सुधारोन्मुख रहनेछ ।

मीन

लहैलहैमा लाग्दा खर्चभार बढ्ने र आर्थिक अभाव हुनेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । आकस्मिक स्वास्थ्य समस्याले सताउने छ । अनावश्यक कार्यमा समय वित्नेछ । अग्रजको साथ सहयोगले कार्य गर्नुहोला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज १३ गते मंगलवार, तदनुसार ई.सं. २०२० सेप्टेम्बर २९ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनशुक्लपक्षको त्रयोदशी तिथि वेलुका १०ः३२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि रहनेछ ।

नक्षत्र शतभिषा रात्रि १ः५५ बजेसम्म, त्यसपछि पूर्वभाद्रपदा रहनेछ ।
विष्कुंभादी योग शूल वेलुका ९ः४० बजेसम्म, त्यसपछि गण्ड रहनेछ ।
आनन्दादी योग मृत्यु ।
करण कौलव पूर्वान्ह १०ः०५ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : कुम्भ राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ५ः५६ बजे, सूर्यास्त : बेलुका ५ः५० बजे ।