राशिफल

राशिफलः २२ फागुन २०७७

मेष

शारीरिक आलस्यताले सताउनेछ । गर्नैपर्ने कार्यमासमेत ढिला सुस्तीले पछि परिनेछ । लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला । आफन्तजनसँग वैरभाव उत्पन्न हुनेछ । बेलुकीपख स्वास्थ्यमा सुधार, धनलाभसमेत हुनेछ ।

बृष

व्यवसायबाट उचित लाभ उठ्दा हौसला थपिनेछ । भविष्यका लागि कार्ययोजना बन्नेछन् । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । प्रियजनसँगको रमाइलो भ्रमण हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

मिथुन

व्यवहारिक पक्ष सबल रहनेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा व्यवसायमा नाफा दर बढाउन सकिने छ । अघिदेखि अल्झिएर रहेका कार्यले स्थान पाउने छन् । श्रमको मूल्यांकन हुनेछ । स्वास्थ्यको भने ख्याल गर्नुहोला ।

कर्कट

सामाजिक पद प्रतिष्ठा मिल्नेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । पारिवारिक जमघटले मन रमाइलो वातावरण बन्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ ।

सिंह

झन्झटिला कार्यको सामना गर्नु पर्ला । मैत्री भावले काम कार्य गर्नुहोला । प्रतिक्षित नतिजामा गिरावट आउँदा नैराश्यता छाउनेछ । नयाँ लगानि त्यत्ति शुभ देखिन्न । बेलुकीपख भने स्वास्थ्यमा सुधार आउने, सहज वातावरण बन्नेछ ।

कन्या

दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ । साझेदारी काम कार्यको सुरुवाती हुनेछ । विपक्षीसँग मेलमिलाप गरेर अघि बढ्दा लाभ मिल्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । वाहन सुख मिल्नेछ ।

तुला

सामाजिक कार्यबाट जस मिल्नेछ । धन सञ्चय गर्न मन लाग्नेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । पढाइमा रुचि जाग्नेछ । घरायसी समस्या हल भएर जानेछ । शारीरिक आलस्यताले भने छाड्ने छैन, जागरुक रहनु होला ।

वृश्चिक

स्वास्थ्य ठीकठाक नै रहनेछ । हर्षको खबर सुन्न पाइनेछ । तपाईँको काम गर्ने शैलीले गर्दा धेरै व्यक्तिको साथ समर्थन पाइनेछ । आर्थिक पक्ष सबल रहनेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले विशेष कार्य बन्नेछ ।

धनु

गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ । विपक्षीले दुःख दिने छन् । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ । सञ्चित धन खर्च हुनेछ । साँझपख विग्रीएको कार्यलाई बनाउन सकिनेछ । खुसी थपिनेछ ।

मकर

लामो समयदेखि रोकिएको कार्यले गति लिनेछ । व्यवस्थापन पक्ष सवल रहनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् । शैक्षिक क्षेत्रमा उन्नति एवं चासो रहनेछ । बोलिको कदर हुनेछ ।

कुम्भ

काम गर्ने वातावरण बन्नेछ । शत्रू पक्ष कमजोर रहँदा लक्ष्यमा पुग्न सहज हुनेछ । इमान्दारीताको कदर हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । शुभ खबर मिल्नेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ ।

मीन

भाग्यले साथ दिँदा गरेका काम कार्य एकाएक सफल हुनेछन् । धर्मकर्ममा रुचि बढ्नेछ । समस्या निराकरण गर्न सकिनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । प्रतिष्पर्धात्मक काम कार्यमा अग्रपंक्तिमा आइनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल फागुन २२ गते शनिबार, तदनुसार ई.सं. २०२१ मार्च ६ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिरऋतु, चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्षको अष्टमी तिथि बेलुका ९ः२९ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।

नक्षत्र ज्येष्ठा रात्रि १२ः४८ बजेसम्म, त्यसपछि मूल रहनेछ ।
विष्कुंभादी योग वज्र बेलुका ९ः२२ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग मुसल ।
करण बालव पूर्वान्ह १०ः३४ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य कुम्भ राशिमा, चन्द्रमा : वृश्चिक राशिमा रात्रि १२ः३८ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः२५ बजे, सूर्यास्त : बेलुका ६ः०६ बजे ।