राशिफल

२०७८ भदौ १९ गतेको राशिफल

मेष

स्वास्थ्य समस्याले सताउनेछ । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउनेछन् । आर्थिक अवस्था कमजोर बन्नेछ । नयाँ कार्य थाल्दा मातृपक्षको साथले थाल्नु होला ।

बृष

साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन् । सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । हर्षको खबर मिल्नेछ ।

मिथुन

अचल सम्पत्ति जोड्ने योग बनेको छ । आर्थिक अवस्था बलियो रहँदा लगानी गर्न सकिनेछ । द्वितीयेश चन्द्रमाले सामान्य अन्योलको अवस्था सिर्जना गर्न सक्छ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ ।

कर्कट

बोलीको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ ।

सिंह

सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सिर्जना हुनेछ । खर्चको मात्रा बढेर जानेछ । असन्तोषी प्रवृत्ति रहनेछ ।

कन्या

आम्दानीका स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानीले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।

तुला

कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारिताका कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारीसमेत मिल्नेछ । बाहन सुख मिल्नेछ । सिर्जनात्मक कार्यमा मन जानेछ ।

वृश्चिक

आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउनेछन् । सहनशीलता र क्रियाशीलताको वृद्धि विकास हुनेछ । सकारात्मक सोच विचार रहनेछ ।

धनु

प्रतीक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा असन्तोषी प्रवृत्ति रहनेछ । आर्थिक आम्दानी भए तापनि सही स्थानमा लगानी गर्न सकिने छैन । आफन्तजनसँग टाढिनु पर्नेछ ।

मकर

हर्षको खबर मिल्नेछ । आत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।

कुम्भ

श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सानातिना समस्या आए तापनि मान्यजनको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन् । व्यवसायबाट सन्तुष्टि मिल्नेछ । संयम रहेर कार्य गर्नुहोला ।

मीन

विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । असहज परिस्थितिको अन्त्य हुनेछ । बौद्धिक क्षमताको वृद्धि विकास हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७८ साल भाद्र १९ गते शनिबार, तदनुसार इ.सं. २०२१ सेप्टेम्बर ४ तारिख, राक्षसनाम संवत्सर, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको द्वादशी तिथि बिहान ६ः२७ बजेसम्म, त्यसपछि त्रयोदशी ।

नक्षत्र तिष्य बेलुका ५ः१८ बजेसम्म, त्यसपछि अश्लेषा
विष्कुंभादी योग वरीयान् पूर्वान्ह १०ः११ बजेसम्म, त्यसपछि परिघ
आनन्दादी योग मित्र
करण गर वेलुका ६ः४६ बजेसम्म, त्यसपछि भद्रा
श्रीसूर्य दक्षिणायन
सूर्योदय 0