पत्रकारिता स्वतन्त्र पेसा हो । यो पेसा अँगाल्ने व्यक्ति पनि स्वतन्त्र रहनुपर्छ भन्ने मान्यता रही आएको छ । पत्रकारले निष्पक्ष र निर्भीक भएर सत्य तथ्य कुरा बाहिर ल्याउन सक्नुपर्छ । त्यसका लागि पत्रकारमा त्याग र साहस चाहिन्छ । स्वाभिमान नभएको मान्छे स्वतन्त्र पत्रकार बन्न सक्दैन । पत्रकार स्वतन्त्र रहनु पनि पेसागत तपस्या हो । यही तपस्याको उदाहरणीय व्यक्ति थिए पत्रकार यज्ञप्रसाद बास्तोला ।
स्नातक तहको अध्ययन पूरा गर्ने बित्तिकै उनी शिक्षण पेसामा आकर्षित भए । उनले देशमा पहिले शिक्षाको खाँचो देखे, शैक्षिक आन्दोलनमा लागे । । दुर्गम गाउँहरुमा गएर सेवा गरे । तर कहिल्यै राजनीतिक पार्टीका भातृ संगठनका रुपमा रहेका शिक्षक संगठनमा बसेनन् । उनले समाजमा चेतनाको खाँचो महसुस गरेर शिक्षण पेसापछि पत्रकारितामा प्रवेश गरे । जब कि धेरै शिक्षकहरु राजनीतिमा लागेका देखिन्छन् । पत्रकारले निर्वाचनका बेला मत दिनुबाहेक अरु कुनै पनि बेला आफ्नो राजनीतिक आस्था प्रकट गर्नुहुँदैन भन्ने पत्रकारिताको सिद्धान्तप्रति उनी प्रतिबद्ध रहे । कुनै लोभलालच, पद र प्रतिष्ठानका पछि कहिल्यै लागेनन् । उनले स्वतन्त्र रहनुमै गौरव गरे । स्वतन्त्र रहेर पनि पत्रकार संघ प्रदेश र राष्ट्रिय पार्षद्मा निर्वाचित थिए ।
स्वतन्त्र पत्रकार संघ नेपालको स्थापना र बिस्तारमा उनको महत्वपूर्ण योगदान रह्यो । उनले संस्थाको मुखपत्र स्वतन्त्र सन्देश पत्रिकाको पनि सम्पादन गरेका थिए । स्वतन्त्र पत्रिकाको खोजीमा उनी आदर्श समाज दैनिकमा आएका थिए । पत्रिकाको निरन्तरता र सम्पादनमा उनले आफ्नो ज्ञान र सीप लगाए । आदर्श समाजभन्दा अघि उनले माइक्रोन्युज दैनिकमा सम्पादक र माछापुच्छे« एफएममा कार्यक्रम सञ्चालक भएर काम गरेका थिए । यसबाहेक यज्ञप्रसादले विभिन्न संस्थाका स्मारिका तथा ग्रन्थहरु सम्पादन गरेका छन् । उनी विभिन्न संस्थामा सल्लाहकार रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए ।
प्रगतिशील उपयोग तत्व (प्रउत नेपाल) र आनन्द मार्ग पोखरा शाखाका संस्थापकसमेत रहेका योग साधक यज्ञ साधक राम्रो प्रवचन गर्दथे । विभिन्न पत्रपत्रिकामा उनका लेख रचनाहरु प्रकाशित छन् । स्वतन्त्र पत्रकार संघले उनका फुटकर प्रकाशन भएका लेख रचनाहरु संकलन गरेर संघको मुखपत्र स्वतन्त्र सन्देशलाई विशेष अंकका रुपमा प्रकाशित गर्ने लक्ष्य राखेको जनाएको छ । यसबाट केही हदसम्म भए पनि यज्ञप्रसादको योगदानको केही हदसम्म भए पनि स्मरण तथा कदर हुने देखिन्छ । कोरोना संक्रमणबाट यही २०७८ जेठ २६ गते एक निष्ठावान् साधकलाई हामीले अल्पायुमै गुमाउनु प¥यो । आज १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१