१. पहाडी गाउँमा घरघरै पानीको धारा भन्ने सुन्दा पनि आनन्द लाग्ले । चुनावका वेला राजनीतिक पार्टीहरुले यो कुरा भन्दा भोट माग्ने बाहनामात्र लाग्दथ्यो । अर्थात् धेरैलाई घरघर पानीको धारा आउन भन्ने विश्वास नै लागेको थिएन, सपनाको कुरा जस्तो थियो । तर, अब त्यो सपना रहेन विपनमा नै परिणत भएको सुखद् समाचार आईरहेका छन् ।
२. कास्कीको रुपा गाउँपालिकामा घरघरमै धारा पुर्याईएको खानेपानी आयोजनाको हालै उद्घाटन भएको छ । त्यहाँ गाउँका चार हजार तीन सय घरधुरी मध्ये ९० प्रतिशत घरमा धारा पुगेको जनाईएको छ । १ देखि ७ नं. वडासम्म सञ्चालित ५७ मध्ये ५५ वटा खानेपानी योजनकाहरु पुरा भएका हुन् । गाउँपालिका कार्यालय र स्थानीय जनताको साझेदारीमा उक्त योजनाहरु सम्पन्न भएका थिए । घरघर धारा पुर्याउँछु भने आफूले चुनावको बेला भनेको कुरा पुग्दा जनप्रतिनिधिलाई पनि गर्व भएको छ भने जनतालाई घरमै धारा आउँदा खुशीको सीमा नै रहेन ।
३. यस्तै घरघरमै धारा पुर्याउने योजनासहित पोखरा–१८ को सराङकोटमा पनि खानेपानी योजनाको शुभारम्भ भएको छ । पोखराको वडा नं. १, २ र १८ सहित तीन वाडाका एक हजार बढी घरमा धारा पुर्याउने लक्ष्य रहेको जनाईएको छ । पोखरा महानगरपालिका र खानेपानी संस्थानको गरी उक्त योजनाको लागत ३ करोड ११ लाखको लागत रहेको छ । उक्त योजना पूरा भएपछि सराङकोटका विकट गाउँवासी सहित वडा नं. १ र २ का जनता खानेपानीको समस्याबाट मुक्त हुनेछन् ।
४. गरे के हुँदैन भन्ने उदाहरण उल्लेखित खानेपानी योजनाले दिएका छन् । देशका धेरै स्थानहरुमा अझै पनि खानेपानीको ठूलो समस्या रहेको छ । खानेपानी त बाटो घाटो र अरु निर्माणका कुराभन्दा बढी आवश्यक कुरा हो । तसर्थ खानेपानी योजनालाई पहिलो प्राथमिकता दिएर काम गर्नु जरुरी रहन्छ । खानेपानीकै अभावका कारण मानिसले बस्ती छोडेर हिड्न नपरोस भन्ने तर्फा सरकार, प्रदेश सरकार तथा नगर/गाउँपालिकाहरुले ध्यान दिएर कम अगाडी बढाउनु पर्छ ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
सरकारको नेतृत्व गर्न कांग्रेस तयार
देउवा र प्रचण्डको भेटघाट
राजनीतिमा विश्वासको संकट
hero news full width
मुख्य समाचार
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
वैशाख ५, २०७८