भीसी विजेता कुलवीरको सालिक

सम्पादक
असाेज १२, २०७८

बेलायतको अन्डरसटस्थित प्रिन्सेस गार्डेनमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफल म्यान कुलवीर थापाको सालिक शनिबार अनावरण गरिएको समाचार सम्प्रेषण भएको छ । समाचारअनुसार सालिक बौद्ध परम्पराअनुसार लामाले र हिन्दु परम्पराअनुसार ब्राह्मण पण्डितले पूजा गरिएपछि अनावरण गरिएको थियो । संयुक्त रुपमा अनावरण गर्नेहरुमा बेलायतका रक्षा राज्यमन्त्री लियो डोन्बेर्टी ह्याम्सायर काउपटीका डेपुटी लेफ्टिनेन्ट मणिकुमार राई, नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायत थिए । सालिक निर्माणका लागि ग्रेटर र समीर नेप्लिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीहरुबाट चन्दा संकलन गरिएको थियो । सालिक निर्माणमा १ लाख ७० हजार पाउन्ड खर्च भएको जनाइएको छ । त्यो सालिकले गोर्खा भत्र्ती केन्द्रका गोर्खालीहरुको मात्र होइन, सम्पूर्ण नेपालीको गौरव बढाएको छ ।
नेपाललाई सगरमाथाको देश र बुद्वको देश भनेर मात्र होइन, गोर्खालीहरुको देश भनेर पनि चिनिन्छ । गोर्खालीहरुले बेलायती सेनामा रहेर अद्भूत पराक्रम देखाउने गरेका छन् । त्यस्तो पराक्रम देखाएर धेरैले ठूलठूला पदक पाएका छन् । बेलायती सेनाको सर्वाधिक ठूलो विशिष्ट पदक भिक्टोरिया क्रस हो । त्यही भिक्टोरिया क्रस (भिसी) पदक पाउने पहिलो नेपाली राइफल म्यान कुलवीर थापा हुन् । उनै कुलवीर थापाको सालिक अहिले बेलायतमा स्थापना गरिएको हो ।
राइफल म्यान कुलवीर थापा बागलुङ जिल्लाको निगालेपानीमा सन् १८८८ मा जन्मेका थिए । उनी ब्रिटिस सेनामा भर्ती हुँदा थर्ड गोर्खाको पहिलो बटालिएन (१/३) मा थिए । उनी पहिलो विश्वयुद्वको समयमा सेकेन्ड बटालियनमा सरुवा भएर सन् १९१४ मा आफ्नो बटालियनका साथ फ्रान्समा पुगेका थिए । १९१५ सेप्टेम्बरमा दक्षिणी फ्रान्समा भयङ्कर ठूलो युद्व खासगरी जर्मनीहरुसँग भएको थियो । युद्धमा सातौं भारतीय डिभिजनअन्तर्गत गढवाल ब्रिगेड र थर्ड गोर्खा राइफल्सका सेकेन्ड बटालियनमा युद्धरत थिए । ब्रिटिस सेनाले जर्मनी पक्षलाई खास नोक्सान पुर्‍याउन सकेको थिएन । जर्मन पक्षबाट भने मेसिनगनबाट अन्धाधुन्ध फायर गर्दै थियो । गोर्खा राइफलले धनजनको ठूलो क्षति व्यहोर्दै थियो । त्यस्तैमा राइफल म्यान कुलवीर थापा एवं ब्रिटिस गोर्खा अफिसरका साथ जर्मन ट्रेन्चतिर अघि बढिरहेका थिए । उनी घाइते हुन पुगे । आपूm घाइते भए पनि उनले घाइते ब्रिटिस सैनिकहरुलाई जर्मन ट्रेन्चको पछाडि लगेर रातभरि राखेर भोलिपल्ट उनले गोला बारुदको बीचमा आफ्नो घाइते अवस्थाको ख्याल नगरी ज्यानको माया मारेर अदम्य साहस देखाएर धेरै सैनिकलाई बचाएका थिए । उनको त्यही पराक्रमको कदर गरेर बेलायती सरकारले भिसी पदक दिएको थियो । उनी हबल्दारमा पदोन्नति भई नेपाल आएका थिए । सन् १९५६ मा उनको आफ्नै गाउँमा निधन भएको थियो । आज उनैको सालिक बेलायतमा स्थापना गरिएको छ । हामी उनको बहादुरीप्रति एक पटक फेरि सलामी अर्पण गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width