खोपमा मनोमानी नगर

सम्पादक
जेठ २७, २०७८

कोरोनाको महामारी छिट्टै अन्त्य हुने छाँटकाँट छैन । अब यसबाट कसरी बच्ने भनेर उपाय अपनाउनुबाहेक विकल्प छैन । पोहोरजस्तो कडा लकडाउन पनि छैन । अनि ३ वटै तहका सरकारले अघिल्लो वर्ष जसरी जाँगर चलाएर काम गरेका थिए, त्यसअनुसार यो वर्ष हुन सकेको छैन । जेजसो भए पनि यो रोगबाट बच्नका लागि अन्तिम विकल्प भनेको खोप नै रहेछ । तसर्थ सरकारले खोपलाई नै प्राथमिकतामा राख्नुपर्छ । सुरुआती अवस्थामा नै भारत सरकार र कोभ्याक्स सुविधाको खोप नेपालमा आयो । खोप कसले लगाउने भनेर प्राथमिकता निर्धारण पनि गरियो । पहिलो चरणमा फ्रन्टलाइनरलाई राखियो । यो असाध्यै राम्रो प्रयास थियो । सुरुमा यो खोपप्रतिको विश्वसनीयतामा नै सर्वसाधारणले शंका गरेका कारण भीडभाड कम भयो । तर जब महामारी बढ्दै गयो नि खोप लगाएकाहरु कम संक्रमित हुने र संक्रमित भइहाले पनि असर कम परेको थाहा पाएपछि यसतर्फ आकर्षण बढ्न थालेको पाइन्छ । त्यसपछि त खोपका लागि तँछाडमछाड नै भएको छ ।

पहिलो चरणमा आएको खोप फ्रन्टलाइनरले लगाए । उनीहरुले ढुक्कसँग काम गर्न पाएका छन् । अहिले क्षतिको अवस्था हेर्ने हो भने स्वास्थ्यकर्मी र चिकित्सकहरुमा यसको संक्रमणदर कम देखिएको छ । पक्कै पनि खोपकै प्रभाव हुनुपर्छ । त्यसपछिको प्राथमिकतामा राखियो ज्येष्ठ नागरिकलाई । ज्येष्ठ नागरिकलाई खोप लगाउने बेलामा धेरै झेल भयो । त्यहाँ आफन्त, नातागोता र अन्य सम्बन्ध जोडिन थाल्यो । खोपकै लागि सोर्सफोर्स चल्न थाल्यो । जो प्राथमिकतमा परेका थिए तीभन्दा बाहिरकाले खोप लगाए । लगाउन त नेपालीले नै लगाए । तर जसरी प्राथमिकता निर्धारण गरिएको थियो, त्यसअनुसार गर्दै गएको भए क्रमभंगता हुने थिएन । आखिर सरकारको दायित्व हो, सबै नागरिकलाई उसले खोप पु¥याउनैपर्छ । अहिले जोखिम अवस्थामा रहेका ज्येष्ठ नागरिकहरु खोपबाट बञ्चित भएका छन् । अर्को कुरा सरकारले पनि निकै कच्चा काम गर्‍यो । ज्येष्ठ नागरिकलाई भनेर धमाधम कोभिसिल्ड खोपको पहिलो डोज लगायो । दोस्रो डोज कहिले लगाउने अत्तोपत्तो छैन । कारण स्टक खोप नै छैन । अर्कै कम्पनीको खोपले डोजको मात्रा पूरा गर्दा त्यसको प्रभावकारिता नरहने विशेषज्ञहरुले बताइरहेकै छन् ।

फेरि दोहो¥याएर भन्नुपर्छ कोभिडबाट बच्ने उपाय खोप नै हो । यसर्थ सरकारले सबै विकास निर्माणका कामलाई थाती राखेरै भए पनि खोप किनेर ल्याउने व्यवस्था गर्नुपर्छ । त्यसो त खोप किन्न विकासका काम रोक्नुपर्ने अवस्था पनि छैन । १४÷१५ अर्ब रुपैयाँको जोहो भयो भने पूरै नेपालीलाई पुग्ने खोप किन्न सकिन्छ । तर कुरो हो उपलब्धताको । सबैतिर माग भइरहेका बेला त्यसअनुसारको उत्पादन विश्व बजारमा हुन सकेको छैन । फेरि जुन पायो त्यही कम्पनीको खोप लगाएर पनि भएन । विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको हुनुपर्‍यो । अनि ध्यान दिनै पर्ने कुरोचाहिँ यसमा तोकिएको प्राथमिकता क्रम तलमाथि भने हुन भएन । जसका लागि भनिएको हो त्यही वर्गले खोप लगाउनु पाउनुपर्‍यो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width