एमालेको १० औं महाधिवेशन

सम्पादक
मंसिर १०, २०७८

नेकपा एमालेको १० औं महाधिवेशन आज चितवनमा भव्यताका साथ सुरु हुन गइरहेको छ । मंसिर १२ सम्म हुने महाधिवेशन भव्य बनाउन एमालेले सम्भव भएजति सबै प्रयास गरिरहेको छ । महाधिवेशनस्थलमा ‘सेल्फी’ खिच्ने ठाउँसमेत बनाएको छ । पार्टीको केही महिनापहिले भएको विधान अधिवेशनपछिको यो सबैभन्दा ठूलो जमघट हो । पार्टीले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने घोषणा गरेको छ । पार्टीको लागि यो विशेष अधिवेशन हो । पार्टीका शीर्षनेता माधवकुमार नेपाल, झलनाथ खनालहरु टुक्रिएर गएपछिको महाधिवेशन भएकोले पनि यसलाई के कसरी हुन्छ पूर्ण सफल बनाउने नेता एवं कार्यकर्ताहरुको प्रयास रहेको छ ।
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीमा सबै एक ढिक्का भएको देखाउन सबै पदको चुनाव सहमतिबाट चुनाव गर्ने प्रयास गरेका हुन् । उनी तल्लो तहका पदमा सहमतिमा निर्वाचित गराउन सफल भएका थिए । तर केन्द्रीयस्तरमा त्यसो हुन सकेन । सुरुमा नेताहरु सबै उनको मुख ताकेर तथा आफ्नो आकांक्षालाई दबाएर राखेका थिए । तर जब पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको प्रत्यासी बन्ने घोषणा गरे, तब अन्य नेताहरुले पनि आफ्नो आकांक्षा व्यक्त गर्दै विभिन्न पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । सहमतिको राजनीति तोडिएको छ । महाधिवेशन अवधिमा अरु कुनै चमत्कार भएन भने चुनाव हुने निश्चित छ । सहमति भएमा नेकपा (माओवादी केन्द्र) बाट एमालेमा आएका नेताहरुलाई व्यवस्थापन गर्न सजिलो हुने थियो भने अब त्यसमा केही गाह्रो हुने देखिन्छ । संशोधित विधानले वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ भने केन्द्रीय पदाधिकारीको संख्या १५ पु¥याएको छ । पुराना र पहिले पदाधिकारी भएकाहरु अधिवेशनको ध्यान तिनै पदमा केन्द्रित भएको छ । उनीहरु आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी राखेका छन् । स्वतन्त्रतापूर्वक उम्मेदवार घोषणा गरे तापनि उनीहरुले अध्यक्ष ओलीको आशीर्वाद पाउन आफ्नो ध्यान उतैतिर लगाइरहेका छन् ।
पार्टीको विगत हेर्दा के देखिन्छ भने केपी ओलीको अध्यक्षतामा गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भयो । एमाले पनि विभाजित भयो । प्रधानमन्त्रीको हैसियतले उनले २÷२ पटक संसद भंग गरे । तर सर्वाेच्चले पुनस्र्थापना गर्‍यो । एमालेको सरकार गि¥यो । उनको प्रधानमन्त्री पद पनि गयो । त्यत्तिमात्र होइन, एमालेको नेतृत्वमा गठित प्रदेश सरकारहरु पनि एकपछि अर्काे गिर्दै गयो । यस किसिमले सरकारबाट बाहिरिनु राजनीतिकरुपले ठूलो हो तर अध्यक्ष ओलीको यो विशेषता रहेको छ कि उनले त्यो हारले कार्यकर्ता एवं अन्य नेताहरु निराश नहोउन् भनेर दिनहुँ उत्साहले भरिएको भाषण गर्दैछन् । कार्यकर्तालाई एक ढिक्का बनाएर लग्ने प्रयास गरिरहेका छन् । त्यसैले उनले सहमतिबाट चुनाव गर्ने÷गराउने प्रयास गरेका हुन् । त्यो प्रयास महाधिवेशन अवधिमा पनि हुन सक्छ । त्यसो भयो भने यो १० औं महाधिवेशनको त्यो एक चमत्कार मान्नु पर्ने हुन्छ । महाधिवेशनको हावा कतातिर बहन्छ भन्न सकिने अवस्था छैन तर अध्यक्षमा ओलीको जीत सुनिश्चित छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width