विश्वव्यापी कोरोना महामारीले असर नपारेको क्षेत्र कुन छ र ? तर कुन क्षेत्रमा कम र बढी असर परेको छ त्यसको लेखाजोखा भने हुन जरुरी छ । आम मानिसको जनजीवन बेस्सरी प्रभावित भएको छ । धेरैका आफन्त गुमेका छन्, परिवारको सहारा टुटेको छ । कति उपचारमा भएको खर्चका कारण ऋणले थलिएका छन् । अर्कोतिर व्यवसायीलाई आफ्नै पिर छ । खासगरी यातायात व्यवसायी र पर्यटन क्षेत्र सारै थलिएको छ । पोहोर पहिलो चरणको लहर सकिएपछि यो क्षेत्र केही भए पनि बौरिएको थियो । तर फेरि दोस्रो लहरले उठ्नै नसक्ने बनाइदिएको छ । यातायात व्यवसायीहरु भन्न थालेका छन्, ‘बैंकमा चाबी बुझाउने अनि घर बस्नेभन्दा अर्को विकल्प छैन, अहिलेसम्म जे–जति दुखगरी किस्ता बुझाइयो अब सक्ने अवस्था छैन । ऋण पनि कसैले पत्याउँदैन ।’
एकातिर गाडी चल्न नपाउँदा आम्दानी गुम्छ । अनि नियमित चलाएर इन्जिनलाई चुस्त राख्नुपर्नेमा लामो समयदेखि थन्क्याएका कारण मर्मत खर्च पनि उस्तै आउँछ । महँगो ब्याट्री बिग्रन्छ । टायरमा उस्तै समस्या आउँछ र इन्जिलाई घर्षण हुनबाट जोगाउने मोबिल नै इन्जिन बिगार्ने अवस्थामा पुगेको हुन्छ । जहिले लकडाउन सुरु भयो, सबैभन्दा बढी मार सार्वजनिक गाडीका सञ्चालकलाई प¥यो । निजी गाडीहरु जोरबिजोर भए पनि चल्न पाउने नियम बनाउँदा कालो प्लेटका गाडी गुड्न प्रतिबन्ध लगाइयो । यसले यातायात व्यवसायी त प्रभावित भए नै, मध्यम र निम्न आय भएको वर्ग, जो सार्वजनिक गाडी प्रयोग गर्छन् उनीहरुलाई समस्या प¥यो ।
गाडी खरिद गर्दा बैंकबाट लिएको ऋणको साँवा–ब्याज तिर्नुपर्छ । पोहोर साल बैंकले ६ महिना किस्ताबन्दी अवधि पछाडि सारेर सुहलियत दिए पनि पुनः अवस्था उस्तै दोहोरिएयो । आर्थिक वर्ष ‘क्लोजिङ’ बेला भयो भन्दै बैंकबाट फोन आउन थालिसकेको छ । जसबाट व्यवसायीहरु आजित छन् । कोरोनाको दोस्रो लहर प्रभावमा परेको यातायात क्षेत्र कहिले सुध्रिने हो टुंगो छैन । कोरोना प्रभावित व्यवसायीका लागि सरकारले बजेटमा राहत प्याकेज त सार्वजनिक गरेको छ । तर सरकारको पुनर्कर्जा कार्यक्रमबाट यातायात व्यवसायीले लाभ लिन सकेनन् । पुनर्कर्जाभन्दा पनि बैंक तथा वित्तीय संस्थाले किस्ताबन्दी समय पछाडि धकेलेर वा छुट दिएर संघ, प्रदेश र स्थानीय सरकारले व्यवसायीको पीडामा मलम लगाउन सक्नुपर्छ । यातायात क्षेत्रमा लगानीका आकार निकै ठूलो छ । जसलाई सरकारले व्यवस्थित गर्न सकेकै छैन । जे भएको छ निजी क्षेत्रबाट भएको छ । अनि त्यो व्यवसायमा आश्रित मजदुर परिवारको हालत के भयो होला ? सोचिल्याउँदा अवस्था भयावह छ । तसर्थ व्यवसायी र त्यसमा आश्रित मजदुरका लागि सरकारले तत्काल प्रभावकारी प्याकेज घोषणा गर्न जरुरी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०