पर्यटकीय गन्तव्यको छनोट

सम्पादक
फागुन २, २०७७

सरकारले पर्यटन प्रवद्र्धनका लागि नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर तिनीहरुको विकास र बिस्तार गरी पर्यटकलाई गाउँ–गाउँसम्म पुर्‍याउने लक्ष्य राखेको छ । आफ्नो लक्ष्य अनुसार सरकारले यो वर्ष २ सय पर्यटकीय गन्तव्य छानिएको जनाएको छ । सरकारले गत वर्ष १ सय वटा गन्तव्यको प्रवद्र्धन गर्ने घोषणा गरेको थियो । सरकारले त्यसरी छानेका गन्तव्यमध्ये प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, गुम्बा, पर्यटकीय गन्तव्य पुग्ने सडक, साइकल ट्रयाक, संग्रहालय लगायत छन् । सरकारले ती गन्तव्यस्थल छनोट गर्नु पूर्व स्थानीय तह र प्रदेश सरकारसँग सुझाव मागेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका ती गन्तव्यस्थलमा भौतिक पूर्वाधारको विकास गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार ती पर्यटकीय गन्तव्यको विकास साझेदारीमा गर्न सरकारले ६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमा साझेदारले ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नु पर्ने छ । लक्ष्य अनुसार काम भएका आयोजनाबाट १ अर्ब थप आम्दानी हुने र आयोजना सञ्चालन क्रममा ५ लाख ४० हजार जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्ने छन् । देशभरि छरिएका ती गन्तव्य हेर्दा सानो देखिन्छ । तापनि, त्यसले नपत्याउने किसिमले देशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने देखिन्छ । साथै ती गन्तव्यले पर्यटकको बसाइँ लम्ब्याउने काममा पनि सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

सरकारले लक्ष्य त राख्छ तर लक्ष्य अनुसार काम हुँदैन । त्यसो भएकोले त्यसको उपादेयता व्यावहारिक रुपमा त्यत्ति देखिँदैन । गत वर्ष कोभिड–१९ महामारी कारण सरकारले छानेका १ सय वटा गन्तव्यमा खास काम भएन । यस पटक पनि त्यस्तै हुने देखिन्छ । फेरि धार्मिकस्थल धार्मिक उद्देश्यले विकास गरिनु पर्दछ । धार्मिकस्थल परिसरमा प्रवेश गर्नासाथ धार्मिक एवं आध्यात्मिक भावनाको अनुभूत गर्न सकियोस् । त्यस्तो वातावरण निर्माण गर्न सकिएमा मानिसको आगमन स्वतः बढ्ने हुन्छ । त्यस्तै सांस्कृतिक केन्द्रको निर्माण पनि त्यस्तै गरेर, त्यसका मौलिकता र विशेषता नोक्सान नगरिकन विकास गरिनु पर्दछ । पर्यटन प्रवद्र्धन नाममा आम्दानीलाई मात्र दृष्टिगत गरी निर्माण गरियो भने त्यसको सारतत्व नै नष्ट हुन सक्दछ । त्यसमा सरोकारवाला समयमै सजग र सतर्क हुनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width