Worldlink ads

पर्यटनका लागि सुरक्षित पोखरा

सम्पादक
असाेज ११, २०७८

विश्व पर्यटन दिवसको उपलक्ष्यमा आज संसारभर विभिन्न कार्यक्रम राखेर पर्यटन दिवस मनाइ रहेका छन् । संयुक्त राष्ट्र संघले २७ सेप्टेम्बरका दिन पर्यटन दिवस मनाउने निर्णय गरेअनुसार सन् १९८० देखि यो दिवस मनाउन लागेको हो । मानिसहरु एक ठाँउदेखि अर्काे ठाँउमा तथा एक देशबाट अर्काे देशमा गएर यात्रा गर्ने चलन परापूर्व कालदेखिको हो । त्यसरी यात्रा गर्दा नयाँ नयाँ कुराको अवलोकन गर्न पाउने, सिक्न पाउने भएकाले यात्राको सम्बन्धमा धेरै लेखिएको छ । यात्राले एक आपसमा समझदारी बढाउने र सांस्कृतिक आदान–प्रदानमा सघाउने भएकाले जति पछि भयो उति यसको महत्व बढ्दै गएको छ । पहिले पैदल हिँडेरै यात्रा गर्नु पर्दथ्यो भने पछि सडक यातायातको बिस्तार र हवाइजहाजको समेत अविष्कार भएपछि यात्रालाई सरल र सुविधा बनाएको छ । यात्रा गर्नु अहिले फेसनजस्तै भएको छ ।
हाम्रो देशमा हिमाल, पहाड र तराई भएकोले हाम्रो देश पर्यटनका लागि उत्कृष्ट गन्तव्य मानिएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा र उच्च हिमशृंखलाले सधैं हिमाल आरोहीहरुलाई आकर्षिक गरेका छन् । हाम्रा पहाड र तराईले पनि मानिसहरुलाई उत्तिकै लोभ्याउने गरेका छन् । त्यसको साथै हाम्रो सांस्कृतिक विरासत पनि उच्च कोटीका छन् । शान्ति नामक भगवान् बुद्धको जन्मस्थल पवित्र लुम्बिनीले संसारका बौद्ध अनुयायी एवं शान्तिकामीहरुलाई जीवनमा एक पटक आउनै पर्ने गरेका छन् भने हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको पशुपतिनाथले उत्तिकै आकर्षित गरेका छन् । यस्ता धेरै सांस्कृतिक सम्पदाहरु हामीसँग छन् । आदिवासी जनजातिका संस्कृतिहरुलाई पनि विदेशीहरुले अत्यधिक मन पराउने गरेका छन् ।
केही वर्षदेखि पर्यटकलाई हाम्रो देशमा उद्योगका रुपमा लिने गरिएको छ । अरु उद्योगहरुले वातावरण र पर्यावरणलाई नराम्रो प्रभाव पार्दछ भने पर्यटन उद्योगले त्यस्तो नराम्रो केही गर्दैन । फेरि हाम्रो देशको हावापानी राम्रो भएकाले बाह्रै महिना यहाँ पर्यटनसम्बन्धी विविध गतिविधि भएको पाउन सकिन्छ । कोरोनाका कारण लामो समय थलिएको पोखराको पर्यटन क्षेत्र कसरी पहिलेकै अवस्थामा फर्काउनेबारे पर्यटन व्यवसायी चिन्तित छन् । यहाँको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) ले आज फेवा तालको किनारामा मिनी सडक महोत्सवको आयोजना गर्दै छ । रेवानले कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वाराही चोकदेखि खरहेसम्म महोत्सवको तयारी गरेको छ । पोखराको पर्यटन उद्योगलाई चलायमान गर्नका लागि पर्यटन व्यवसायीहरुले अरु पनि धेरै कार्यक्रम राखेका छन् । जसले गर्दा ‘पोखरा घुम्नका लागि, अब सुरक्षित छ है’ भन्ने सन्देश प्रवाहित हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • प्रधानन्यायाधीश राणा संकटमा

      सम्पादक कार्तिक ७, २०७८
      अरुलाई न्यायिक संकट पर्दा संकटमोचन गर्न सक्ने प्रधानन्याधीश चोलेन्द्र शमसेर जवरा अहिले आफैं संकटको भूमरीमा फसेका छन् । प्रधानमन्त्री शेरबहादुर…
    • उम्मेदवार बन्न चाहनेहरु अन्यौलमा

      सम्पादक कार्तिक ६, २०७८
      नेपाली कांग्रेस पार्टीको चुनावलाई त्यसै पनि महत्वका साथ हेर्ने गरिएको थियो । अहिले झन् सत्ताको नेतृत्व गर्न पुगेको पार्टी भएकोले…
    • राउतले जिते विश्वासको मत

      सम्पादक असाेज २२, २०७८
      प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले बुधबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा दुइतिहाई सांसदको मत पाएका छन् । उनको दल…
    • दिल्ली बैठक त्यसै सकियो

      सम्पादक असाेज २१, २०७८
      नेपाल र भारतबीच कुनै पनि तहको र कुनै पनि विषयमा जहाँसुकै बैठक भए पनि नेपालीहरु त्यस बैठकलाई आशाको दृष्टिले हेर्ने…
    • भागबण्डाको खण्डन

      सम्पादक असाेज २०, २०७८
      गठबन्धनमा प्रधानन्यायाधीश पनि ! भन्ने समाचार संप्रेषण भएपछि धेरै मानिस स्तब्ध भएका छन् । राजनीतिक पार्टीहरुबीचको भागबण्डा र तत् सम्बन्धित…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग