पर्यटनको चर्चा

सम्पादक
असाेज १३, २०७७

१. ४१ औं विश्व पर्यटन दिवसको अवसरमा ठोस कार्यक्रमहरु हुन नसके पनि यस सम्बन्धमा अन्तरक्रिया तथा चर्चा सुर भएको छ । कोरोना संक्रमण बीच नै पर्यटनलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बारे नै चर्चा हुन थालेको छ । यथास्थितिमै बन्द गरि राख्दा नराम्रो स्थिति आउन सक्ने भन्दै स्थिति अरु विग्रन नदिने उपायहरु अवलम्बन गर्नुपर्ने आवाज पनि उठेको छ ।

२. वर्षा सकिएसँगै अब घुमफिरको वेला पनि सुरु हुन थालेको छ । चाड पर्वहरु अगाडि आईरहको छन् । लकडाउनपछि ६ महिना थालिएको व्यापार, व्यवसायले पनि यातायात सञ्चालन पछि गति लिन थालेको छ । कोरोना संक्रमणमा निषेधाज्ञाका कारण लामो समय नजरबन्दको स्थितिमा रहेको आम जनसमुदाय अब चाहर्न निस्कन पनि सक्छ । यस कारणले पनि पर्यटन क्षेत्रले त्राण पाउन सक्दछ ।

३. विगतका वर्षमा पर्यटन क्षेत्रमा चहलपहल थियो । सरकारले नेपाल भ्रमणवर्ष–२०२० घोषणा गरेपछि यस क्षेत्रमा धेरै गतिविधि अगाडि बढेका थिए । व्यापक प्रचारप्रसार भईरहेको थियो । भै रहेकोले पर्यटकहरु थेगन नसक्ने भन्दै नयाँ होटल व्यवसायहरु धमाधम थपिदै थिए । तर, कोरोना संक्रमणका कारण धेरै लगानी खेर गएको छ । बैंकको कर्जा लिएर काम गरेका पर्यटन व्यवसायी ब्याज तिर्न नसकेर अलपत्र छन् भने कति घर भाडा पनि तिर्न नसकेर व्यवसाय छोड्न बाध्य छन् ।

४. पर्यटन मात्र होइन, पर्यटनसँग जोडिएका अन्य व्यवसायहरुको पनि हालत उस्तै छ । लाखौ वेरोजगार बनेका छन् । यसको मा सबैलाई परेको छ । कोरोना संक्रमण पनि बढिरहेको छ । त संक्रमणकै कारण अब व्यवसायहरु रोकि राख्ने स्थिति रहेन । रोगले भन्दा पनि भोकले मर्नेको स.ख्या बढ्ने देखिन्छ । यस अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्दै काम सुचारु गर्नुपर्दछ ।

५. पर्यटन व्यवसायीहरुले देशमा दुई दिन विदा गर्नुपर्ने र भ्रमण खर्चमा कर छुट गर्नुपर्ने आदि माग सारेका छन् । केको उपाय अवलम्बन गर्दा पर्यटन क्षेत्रलाई उठाउन सकिन्छ सरकारले तुरन्त ध्यान दिओस् । अब व्यवसायीहरुले पनि व्यवसायलाई गति दिन सुरुवात गर्नुपर्दछ । सबैले साथ दिदा पर्यटनले विश्वव्यापी रुपमै पाईला अघि बढाउन सक्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width