सुरु भयो तिहार

सम्पादक
कार्तिक २७, २०७७

१. यस वर्षको तिहार पर्व विहीबार शुरु हुँदैछ । पाँच दिनसम्म मनाइने यो पर्व पहिलो दिन कार्तिक २७ गते यमदीपबाट प्रारम्भ हुन्छ । कार्तिक २७ गते काग तिहार परेको छ । आयूर्वेदका आचार्य धनवन्तरि जयन्ती र धनवेरस पर्व पनि यसैदिन रहेको छ । २९ गते विहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा परेको छ ।

२. नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक ३० गते औंशीको तिथिमा गरिने स्नान र दान उपयुक्त छ । यसैदिन गाई, गोरु पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदामा आत्म (म्ह) पूजा पनि हुन्छ । मंसिर १ गते भाइटीका रहेको छ । यवर्ष नेपाल सम्वनतको नयाँ वर्ष सुरु पनि मंसिर १ गतेबाट नै हुँदैछ । नेवार समुदायमा केहीले भाइटीका २ गते मनाउने समाचार आएको छ ।

३. नेपालीहरुले मनाउने ठूला चाड मध्ये दशैपछि तिहार हो । तराई क्षेत्रमा तिहारलाई दशै भन्दा बढी मनाउने गरिन्छ । तिहारलाई प्रकाश पर्व पनि भनिन्छ । तिहारका पाँच दिन दीपावली गर्ने र धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । तिहारमा फलफूल तथा मीठाईका परिकारहरुको बढी प्रयोग हुन्छ । यसैगरी तिहारलाई फूलको पर्वको रुपमा पनि लिइछ । मखमली, सयपत्री लगायत थरीथरीका फूलका माला लगाउने गरिन्छ ।

४. तिहारका अनेक उपमा छन्, यो भाईपूजा मात्र होइन, प्रकृतिको पूजा गर्ने पर्व पनि हो । कुकुर पूजा, काग पूजा, गाई पूजा हाम्रो परम्परागत सामाजिक जीवनसँग जोडिएको छ । अन्धारमा दीप जगाउनु प्रकाशको महत्व दर्शाउनु हो । यसवेला देउसी भैलो खेलेर मनोरञ्जन गर्ने मीठा परिकार खाने, दाजुभाई दिदीबहिनीहरु भेटघाट भई टीका लगाउने आदि कार्यले मानिसको जीवनलाई रमाइलो बनाएको महशुस हुन्छ ।

५. यो वर्ष कोरोना महामारीका बीच तिहार मनाउँदैछौं । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु कदापी भुल्नु हुँदैन । भीडभाड गर्नु पनि हुँदैन । त्यसैले धेरै ठाउँमा देउसी भैलो खेल्न पनि प्रतिबन्ध छ । घर छाडेर टाढा जाँदा रोग सर्ने डर हुन्छ । सकेसम्म तिहारलाई पनि घर भित्रै सीमित गर्नु पर्दछ । दीपावलीमा सबैभन्दा बढी आगलागीको डर हुन्छ । तसर्थ होशियारी पनि अपनाउनु पर्दछ । चार्डपर्व मनाउनु राम्रो हो, तर आफ्नो अवस्था, समय, काल, परिस्थिति बुझेर काम गर्नु र स्वस्च्छ मनोरञ्जन गर्नु उपयूक्त हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width