तिब्बती शरणार्थी समस्या समाधान गर

सम्पादक
जेठ ९, २०७९

नेपाल शान्तिप्रिय मुलुक हो र शान्तिपूर्वक रहन, बस्न चाहन्छ । तर कहिलेकाहीं विवाद हुन्छ, समस्या आउँछ अनि शान्ति खलबलिन्छ । त्यसरी बराबर विवाद हुने कुरा एउटा छ, त्यो हो तिब्बती शरणार्थी समस्या । तिब्बती शरणार्थीहरु ६० वर्षअघि देखि नेपालमा शरणार्थीको रुपमा देशको विभिन्न स्थानमा बस्दै आएका छन् । मानवीय नाताले शरण दिनु हाम्रो कर्तव्य हो । नेपालले त्यो कर्तव्य निर्वाह गर्दै आएको छ । कर्तव्य निर्वाह गर्दागर्दै पनि कहिलेकाहीं समस्या उत्पन्न हुने गर्दछ र समस्यामा फस्नुपर्ने हुन्छ । अहिले फेरि त्यही समस्या उत्पन्न भएको छ ।

अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्राजिमा नेपाल भ्रमणमा आएका छन् । उनले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छिन् । उनले शिविरमा शरणार्थीको भौतिक एवं अन्य सुविधा आदि बारे जानकारी लिएर अन्तक्र्रिया गरेकी छिन् । शरणार्थीका अगुवाहरुले उनलाई केही शरणार्थीको परिचय पत्र नभएकाले तिनीहरुले मानव अधिकारका आधारभूत कुराहरुबाट समेत बञ्चित हुनुपरेको गुनासा सुनाएका थिए । अमेरिकी उपमन्त्री जियाको सक्रियता सुन्नासाथ चिनियाँ राजदुत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर त्यसबारे चासो राखेका थिइन् । गृहमन्त्री खाँणले नेपाल चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशील भएको परम्परागत जवाफ दिएका थिए । ओमेरिकी उपमन्त्री जियाले भारतको हिमाञ्चल प्रदेशमा बस्दै आएका तिब्बतका धर्म गुरु दलाई लामालाई र तिब्बतका निर्वासित सरकार प्रमुख पेन्मा छिरिङसँग भेटेर नेपाल आएकी हुन् । त्यहाँ त्यसरी भेटेर आएकीले पनि चिनियाँ राजदुत यान्छी सक्रिय भएको हुनु पर्दछ ।

तिब्बती शरणार्थीहरु ६० वर्षभन्दा पहिलेदेखि नेपालका विभिन्न शिविरमा बस्दै आएका छन् । तिनीहरु नेपालमा १० हजारभन्दा बढी संख्यामा भएको अनुमान छ । तिनीहरु आफ्नो धर्म संस्कृति मानेर शिविरमा बस्ने गरेका छन् । उनीहरुले गलैंचा बुन्ने र ती गलैंचा युरोपका देशहरुमा पठाउने गरेका छन् । तिनीहरु त्यसरी बसे तापनि कहिलेकाहीं स्वतन्त्र तिब्बतीको नारा लगाउने गरेको शिकायत सुनिन्छ । त्यसको साथै चिनियाँ अतिथि नेपाल आउँदा तिनीहरुले विरोध गर्नेछन् कि भनेर चिनियाँहरु बढी संवेदनशील हुने गर्दछन् । तिनीहरुका कारण हामीले बराबर टाउको दुखाउनु परेको छ । नेपालले एक पटक भुटानी समस्यमा पनि झेल्नु परेको थियो । तर त्यो समस्या एक किसिमले सिद्धिएको छ । तिनीहरुभन्दा तिब्बती शरणार्थी धेरै पहिला आएका छन् । तर तिब्बती शरणार्थी समस्या समाधानका लागि कहिले कसैले ठोस प्रयास गरेको देखिएको छैन । अमेरिकी सरकारको सम्बन्धित मन्त्री पनि आएको बेला यो उपयुक्त अवसर हो कि शरणार्थी समस्या समाधानका लागि प्रयास गर्न हमाी सरकारलाई आग्रह गर्दछौं । समस्या सधैं बल्झाई राख्नु उपयुक्त हँुदैन । सम्बन्धित सबै पक्षले नेपालको त्यो समस्यामा संवेदनशील भएर समस्या समाधनका लागि हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width