चियाको ट्रेडमार्क

सम्पादक
असाेज ६, २०७७

१. गुणस्तरीय उत्पादनमा मापदण्ड पूरा गरेका देशका १२ वटा उद्योगले पहिलो चरणमा ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ ट्रेडमार्क (लोगो) प्रयोग गर्न पाउने भएका छन् । उक्त स्वीकृती पछि नेपाली अर्थाेडक्स चिया १ सय ५७ वर्षपछि आफ्नै पहिचानमा अन्र्तराष्ट्रिय बजारमा पुग्ने भएको छ । नेपाली चियाका सम्बन्धमा आएको यस खबरले नेपाली चिया उत्पादकहरुको गौरव मात्र बढाएको छैन कि सबै नेपालीमा खुसी पनि छाएको छ ।

२. नेपाल अर्थाेडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४ आएपछि सो अनुसार चियाको अन्तर्राष्ट्रिय गुणस्तर मापन कार्य अगाडी बढेको हो । निर्देशिका अनुसार कार्यकारी निर्देशकको संयोजकत्वमा अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको सोही समितिले ट्रेडमार्क तयार गरी बोर्डमा पेश गरेको थियो । यसवर्ष पहिलो चरणमा देशमा ४१ उद्योगले आवेदन गरेकोमा १२ वटाले ट्रेडमार्क प्राप्त गर्न सफल भएका हुन् ।

३. ट्रेडमार्क प्राप्त गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पुरा गरी आवेदन दिनु पर्दछ । मापदण्डको ९९ प्रतिशत पुरा गरे पनि ट्रेडमार्क दिन नमिल्ने र २/४ महिना म्याद पछि बाँकी मापदण्ड पुरा गरी आउनेलाई अवसर दिन सकिने जनाइएको छ । मापदण्डमा गरिएको कडाईले चियाको गुणस्तर बृद्धि हुने र विश्वसनीयताले नै विश्वमा नेपाली चियाले राम्रो बजार पाउने विश्वास लिन सकिनछ ।

४. नेपालमा १ सय ५७ वर्ष अघिदेखि चिया खेती हुन थालेको भए पनि ट्रेडमार्क नपाउँदा अन्तर्राष्ट्रिय बजारमा खुला रुपमा लान समस्या थियो । ईलामको चिया विश्व प्रसिद्ध हुँदाहुँदै गुणस्तरको मापदण्डको प्रमाणपत्र नपाउँदा सस्तोमा बेच्नुपर्ने अवस्था भयो । हाम्रा उत्पादनले राम्रो मुल्य नपाउँदा नोक्सानी व्यहोर्नु प¥यो । त्यसकै कारण चिया मजदूरहरुले समेत राम्रो पारिश्रमिक समेत पाएनन् ।

५. नेपाली चियाले गुणस्तरको मापदण्ड पूरा गरी ट्रेडमार्क प्राप्त गरेपछि अन्तर्राष्ट्रिय बजारमा जाने अवसर मिलेको छ । यो अवसरको भरपूर उपयोग गरेर हामीले विदेश मुद्रा आर्जन गर्न सक्दछौ । यसबाट चिया खेतीको विस्तारका साथै रोजगार समेत बृद्धि हुनेछ । यो क्रम हाम्रा अरु कृषि उत्पादनमा पनि बढ्दै जानेछ भन्ने विश्वास लिन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width