तालमा माछापालन

सम्पादक
असार ३१, २०७७

१. पोखरा तालको सहरको रुपमा पनि चिनिन्छ । पोखरासँगैको लेखनाथले पोखरा महानगरमा जोडिनु अघि आफुलाई अलग्गै सात तालको सहर को रुपमा चिनाउने गर्दथ्यो । पोखरामा रहेको फेवा र बुडुवा तथा लेखनाथमा रहेको वेगनास, रुपा, खास्टे, मैदी, गुँदी, न्यूरेनी, दीपाङ गरी यहाँ नौ वटा ताल रहेका छन् । पोखरा–१३ मा रहेको बुडुवा तालको चर्चा त्यति भएको पाइदैन ।

२. ताल पर्यटकका लागि दृष्यावलोकन, डुङ्गा चलाएर मनोरञ्जन मात्र नभएर मत्स्य पालन गरी आय आर्जन गर्ने माध्यम पनि हो । फेवा, वेगनास र रुपा तालको माछा प्रसिद्ध छ । फेवा र वेगनास तालमा मत्स्य विकास केन्द्र सञ्चालित छ । ती केन्द्रबाट माछाका भुरा उत्पादन गरी विक्री वितरण हुँदै आएको छ । यसैगरी पोखरा, वेगनास र रुपामा केजमा माछा पालन गरिएको छ । स्थानीय जलहारी लगायतका समूहले आ–आफ्नै किसिमले माछा पालन गर्दै आएका छन् ।

३. हाल आएर खास्टे, दिपाङ, न्यूरेनी, गुँदी, मैदी तालमा पनि सामुहिक रुपमा माछपालन गर्न थालिएको छ । केही तालहरुका सहकारीहरुले नै लगानी गरेर माछाको उत्पादन सुरु गरिसकेका छन् । खास्टे कृषि तथा मत्स्य सहकारी संस्थाले खास्टे र गुँदेमा माछा पालन गरेको छ । यसैगरी दिपाङ तालमा पनि दिपाङ मत्स्य तथा कृषि सहकारीले माछा उत्पादन सुरु गरी सकेको छ । मैदी ताल संरक्षण विकास समाजले पनि मैदीमा माछाको भुरा छाडी काम अघि बढाएको छ । अरु तालमा पनि सामुहिक माछापालन सुरु भएको छ ।

४. फेवा, वेगनास, रुपा बाहेकका तालहरु साना रहेको, त्यसमा पनि हिउँदमा पानी धेरै कम हुने र कतिमा त दलदल मात्र रहने गरेको अवस्था छ । ती तालहरु सरसफाई गरी पुरिएको माटो निकाल्नु पर्ने र तालको सीमा सम्म नै पानी अडिने अवस्थामा पुर्‍याउन लगानी आवश्यक छ । ती कार्यका लागि स्थानीय श्रोत साधनको कमी रहेकोले महानगर तथा प्रदेश सरकारको पनि सहयोग जरुरी छ । प्रत्येक तालमा गुरुयोजना नै तयारी गरी त्यसको सक्दो उपयोगको नीति बनाउनु पर्दछ ।

५. मत्स्य पालन पर्यटनका लागि पनि आकर्षणको विषय हो । तालको संरक्षणमा माछापालन नै सहयोग पुग्दछ । तालमा माछा हेर्न, माछा मार्न तथा माछा खानाका लागि पनि मानिसहरु आउने गर्दछन् । मत्स्यपालनबाट धेरै रोजगारी पनि बढ्छ । ताल मात्र होइन पानीको सुविधा भएको ठाउँमा पोखरी खनेर पनि माछापालन गर्न सकिन्छ । माछाको उत्पादन बढाएर आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width