१. यो कुन समय हो । यसवेला कुल काम गर्न उयुक्त हुन्छ अर्थात महत्वपूर्ण कुरा के हो त्यो थाहा नपाउने मान्छे त्यो सँधै असफल हुन्छ । जसले समय बुझ्दछ र त्यस अनुरुप का मगर्दछ । उसलाई सफलतै सफलता हात लाग्दछ । त्यो सफलता उसका लागि मात्र होइन समाजका लागि पनि उपयोगी बन्दछ । पोखरामा त्यस्तो एक व्यक्ति थिए सुर्यबहादुर केसी ।
२. उनका बालसखाहरु उनीलाई सिताराम केसी भनेर चिन्दथे । पहिलोपटक वि.सं. २०४३ पोखरा नगर पञ्चालयनको प्रधानपञ्चको उमेद्वार हुँदा पनि उनको नाम सुर्यबहादुर भन्दा सिताराम धेरैका मुखमा काण्ठस्थ थियो । परम्परागत कृषि पेशा सँगै निर्माण व्यवसाय अंगालेका आफ्ना बुवा कीर्तिहादुर केसीको कार्य सम्हालेका सिताराम एक्कासी राजनीतिमा झुलिए । अघिल्लो नगरसमिति निलम्ब भएपछि भएको पोखरा नगर पञ्चालयतको निर्वाचनमा उनी प्रधानपञ्चको उमेदवरा बने ।
३. पोखरामा योग्य, बुद्धिजीवि व्यक्तिहरु अरु पनि थिए । तर यतिखेरको अवस्थामा पोखराको नेतृत्व गर्न सक्ने व्यत्तिः सिताराम नै ठहरिए । आम जनमानसको विश्वास प्राप्त गर्न सफल भएको उनले त्यो अवसर फुत्कन दिएनन् । समाजको साथ रहे केही काम गरेर पनि देखाउन सक्छु भन्ने हिम्मत साथ चुनावमा उठे जिते पनि । सबैसँग घुमिल हुन सक्ने व्यक्तित्वका उनी तत्कालीन अवस्थामा पञ्चायत इतरपक्षको पनि सहयोग लिएर काम गर्न सफल भए ।
४. उनकै पालामा पोखराको महेन्द्रपुल पक्की बन्यो । सभागृह खडा भयो । बाटो घाटो लगायतका निर्माणको लहर चल्यो । दरावरको पनि विश्वन जित्न सफल रहेका उनलाई केन्द्रको साथ मिलिरह्यो । जे काम गर्न पनि सहज भयो । २०४६ को आन्दोलमा पञ्चायतको पदाधिकारी भएपनि बहुदलीय व्यवस्थाप्रति आस्था व्यक्त गेर उनले नमूना प्रदर्शन गरे । आम जनता बहुदल चाहन्छन् भन्ने उनीहरुले बुझिसेका थिए । अरु धेरै पञ्चायतकै बखानमा लागि रहँदा उनी परिवर्तनकामी भएर अग्रसर भए ।
उनी निर्माण व्यवसायी मात्र नरहेर वरिष्ठ उद्योगपति पनि बने । रारा चाउँचाउ लगायत विभिन्न प्रतिष्ठित कम्पनी उनकै नेतृत्वमा सफल रहे । यसरी एक व्यक्ति उद्योग व्यवसाय सहित राजनीतिक सामाजिक क्षेत्रमा पनि कसरी प्रतिष्ठा कायम गर्न सक्छ भन्ने नमूना सुर्यबहादुर केसी बने । उनको यही कार्तिक १७ गते राति ६३ वर्षको उमेरमा असामयिक निधन भयो । उनको निधनले समाजले एक सयम चिन्न सक्ने होनहार व्यक्तित्व गुमाएको छ । उनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
Related News
सम्बन्धित समाचार
वार्तापछि पलाएको आशा
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
hero news full width
मुख्य समाचार
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७