सरकारले प्रतिनिधि सभा विघटन गरेपछि देशको राजनीतिमा ठूलो भूकम्प आएको जस्तै भएको छ । त्यो भूकम्पले कहाँ कति असर पार्दछ त्या अहिल्यै भन्न सकिने अवस्था छैन । तर दुई पाइटले उडान भरेको नेकपारुपी ठूलो जहाज दुर्घटनामा पर्ने निश्चित छ । त्यो पार्टी विधिवत रुपले विभाजन तिर गएको छ । संसद विघटनको विरोधमा देशका तीन ठूला पार्टीहरु नेकपा, नेपाली कांग्रेस र जनता समाजवादीलाई एकै ठाउँमा ल्याएको छ । विघटनको विरोधमा तिनीहरुले संयुक्त बैठक गरेका छन् र विरोधका कार्यक्रमहरु संयुक्त रुपले बनाएर अघि बढ्ने निर्णय गरेका छन् । कार्यकर्ताहरुको ध्यान अहिले सडकमा गएको छ । सडकमा सरकारको पक्षमा र विरोधमा नारा जुलुस भइरहेका छन् । दुई/ तीन दिनदेखि नारा जुलुस चर्किदै गएको छ । एक पक्षले अर्काे पक्षलाई हिलो छ्याप्ने काम सुरु भएको छ । यस्तै किसिमले तिनीहरु अघि बढे मुठभेडको स्थिति आउन सक्छ ।
ओली पक्ष र दाहाल पक्षको केन्द्रीय कार्य समितिको बैठक भएका छन् । बैठकमा धेरैभन्दा धेरैलाई आफ्नो पक्षमा ल्याएर बहुमत आफ्नो पक्षमा देखाउने प्रयास भएका छन् । समानान्तर बैठकले पार्टीको विधिवत विभाजन निम्त्याएको छ । यस सम्बन्धित विवाद निर्वाचन आयोगमा जाने भएकोले नेताहरुको ध्यान त्यतितिर केन्द्रित छ । यस्तो चरम विवादमा पनि पार्टीका उपाध्यक्षमा वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा तटस्थ जस्तै गरी बसेका छन् । गृहमन्त्री थापाले राजीनामा दिएर दाहाल–माधव नेपाल पक्षमा गएका छैनन् भने ओलीको बैठकमा पनि उनी सहभागी भएनन् । उपाध्यक्ष गौतमले पनि यस बीच कुनै बैठकमा सहभागिता जनाएका छैनन् ।
संसद विघटनको मामिला संवैधानिक कि असंवैधानिक भन्ने प्रश्न देशव्यापी रुपमा गुञ्जिरहेको छ । यो विवादले विकराल रुप धारण गर्दैछ । सरकारले संसद विघटन गरेका काममा चुनौती दिएर सर्वाेच्च अदालतमा १२ वटा निवेदन दर्ता भइसकेका छन् । धेरैको ध्यान सर्वाेच्चमा केन्द्रित भएको छ । यसबीच प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन् । उनले संसद विघटन गर्न पर्नाको कारण बताएर मानिसलाई अब निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले त्यसो भने पनि मानिसहरुको ध्यान सर्वाेच्च अदालतमा केन्द्रित भएको छ । मुद्दाको छिनोफानो नभएसम्म सर्वाेच्चमा ध्यान अडिरहने छ ।
Related News
सम्बन्धित समाचार
गुरुङ भाषाको सम्मान
संवेदनशील राजनीति
कांग्रेसको बढ्दो भूमिका
राष्ट्रपति वाइडेनबाट अपेक्षा
कोरोना पीडितलाई ऋण
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७