सूचनाको महामारीबाट जोगिऔं

सम्पादक
जेठ ५, २०७८

कोरोना अचम्मैसँग काल बनेर आएको छ । नजिकका आफन्तहरु धमाधम बितेका छन् । अस्पताल अगाडि एम्बुलेन्सभन्दा शवबहानको लाम ठूलो छ । बजारमा उस्तै साइरन बजिरहेका छन् । बिरामीहरु त बिरामी भइ नै हाले । बिरामी नपरेका मानिस जो सामाजिक सञ्जाल हेरिरहेका छन् उनीहरु पनि आत्तिने अवस्था आइसकेको छ । जन्म वा कुनै खुसियालीको फोटो राख्दा पनि झसँग हुनुपर्ने भएको छ । कारण जता पनि मृत्युका समाचार आइरहेका छन् । मन्त्री र सांसदहरु ग्यासका सिलिन्डर जम्मा गर्न लागेका छन् । सस्तो लोकप्रियता बटुल्न उनीहरु सिलिन्डर बोकेर निर्वाचन क्षेत्रतिर कुदिरहेका देखिन्छन् । मन्त्री अक्सिजनका कुराभन्दा आर्यघाटमा दाउराको अभाव हुन नदिने प्रतिक्रिया दिइरहँदा हामी त्यसैलाई समाचार बनाएर पस्किरहेका छौं ।

हुन पनि अहिले एकातिर रोगको महामारी छ । अर्कोतिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आउने अधकल्चा र नकारात्मक समाचारहरुको उस्तै ओइरो छ । बाँच्न चाहानहरुका लागि समेत समाचार र खबरले मृत्युको मुखमा पुर्‍याउला जस्तो हुन थालेको छ । बिरामी भएर अस्पताल वा घरमै आइसोलेसनमा बसिरहेकाहरु भन्छन्, ‘सामाजिक सञ्जाल त हेर्नै नसकिने भयो, अझ पत्रकारका स्टाटस त अझै डरलाग्दा हुने ।’ एकजना चिकित्सकले आफ्नो फेसबुकमा उस्तै स्टाटस लेखेको थिए । उनको आसय थियो, मिडियाहरुले जहिल्यै मृत्युको, संक्रमित बढेको र अभाव भएको, अस्पतालमा बेड नपाएको समाचार मात्रै किन लेख्ने ? बरु उपचारपछि निको भएको, यति बेड अझै खाली छन् जस्ता समाचार किन नदिएको होला । अनि कोभिडसँग जुधेर निको भएकाहरुको कथा किन नलेखेको होला ? जुन समाचार पढ्दा पनि बिरामीको मनोबल बढोस् । उनको अपेक्षा सोह्रै आना सही हो । जुन कुराबाट हामी मिडिया तर्केका छौं ।

त्यसो त विश्वभर कोरोनाको त्रास बढिरहेका बेला सञ्चारकमर्मीहरु पनि त्रसित छन् । कति मिडिया बन्द भएका छन् । कति पत्रकार घरमै बसेर काम गर्न वाध्य भएका छन् । एकातिर रोगको त्रास अर्कोतिर रोजगारी गुम्ने त्रास कायमै छ । फिल्डमा पुगेर समाचार संकलन गर्न त्यस्तै खालका स्वास्थ्य सामग्री हामीसँग छैनन् । जोखिम उस्तै मोल्नु परेको छ । तर जति जोखिम भए पनि पत्रकार आफ्नो कर्तव्यबाट विमुख भने हुन हुँदैन । दायित्व सिर्जना गर्नु हुँदैन । यस्ता महामारीमा मिडिया अझै सजग रहनुपर्छ । रोगको महामारी भन्दा सूचनाको महामारी बढ्ता खतरनाक हुन्छ । थोरै नै सही सकारात्मक सन्देश दिने खालका समाचार पस्कन सक्यौं भने बिरामी र उनीहरुका आफन्तमा मनोबल बढ्न सक्छ । यसतर्फ हामीले बेलैमा ध्यान दिन जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width