स्पोर्टस् अवार्डको सन्देश

सम्पादक
असार २०, २०७८

कोरोना महामारी प्रभावबीच विश्व खेलकुद पत्रकार दिवस अवसरमा पोखरामा शुक्रबार स्पोर्टस् अवार्ड गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले नियमित रुपमा आयोजना गर्दै आएको सो अवार्ड पाँचौं संस्करण हो । सरकारले गर्नुपर्ने काम खेलकुद बिटमा कलम चलाउने खेल पत्रकारको संस्थाले यसरी सम्मानित गर्नु सराहनीय कार्य हो । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा पोखरा रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै भएको सो समारोहले खेलाडीको सम्मानसँगै मोफसलबाट केन्द्रलाई गतिलो सन्देश दिएको छ । संघीय राजधानी काठमाडौंका अलावा मोफसलका सहरबाट पनि यति सभ्य र भव्य रुपमा अवार्ड समारोह हुनुले खेलकर्मीहरु पनि झनै उत्साहित छन् । राज्यबाट खेल क्षेत्र सधैं उपेक्षित हुँदै आएकोमा नियतिबीच खेलमैदानमा भेटिने खेलाडीको लागि पनि नयाँ सम्भावनाको ढोका खुलेको आममानिसले अनुभूत गरेका छन् ।
अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) सम्मानित भए । वर्षभरि खेलेको खेल र प्राप्त उपलब्धि मूल्यांकन गरी पुरुषतर्फ वर्ष खेलाडी करातेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोकी पार्वती गुरुङ भइन् । उनीहरुले जनही २ लाखसहित अवार्ड प्राप्त गरे । यस्तै, दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित हुँदा वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी (बक्सिङ) घोषित भए । वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित हुँदा खेलपत्रकार सन्देश श्रेष्ठ र केशव पाठकलाई नगदसहित अवार्ड प्रदान गरियो । उनीहरुलाई जनही ३५ हजारका साथमा अवार्ड प्रदान गरिएको मञ्चले जनाएको छ ।
नेपालमा अझैं पनि सरकार र जनताको तर्फबाट खेलकुदको क्षेत्रलाई गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । जब खेलकुदका प्रतियोगिता सुरु हुन थाल्छन्, तबमात्र अन्तिम समयमा आएर सरकार तात्छ भने रंगशाला तथा कभर्डहलहरु मर्मत सम्भार र रंगरोगन गर्दै गरिएको अवस्थामा भेटिन्छन् । स्वस्थ र अनुशासित नागरिक निर्माणमा खेल अपरिहार्य मानिन्छ । जनतालाई अनुशासित तथा स्वस्थ राख्ने हो भने सरकारले खेलकुदमा अहिले नै ठूलै लगानी गर्नुपर्छ । अघिल्लो वर्ष नेपालमै आयोजित १३ औं सागले हामीलाई खेलकुदप्रति सचेतना जगाएको छ । सो संस्करण उपलब्धिमूलक र अविस्यमरणीय रह्यो । गत वर्ष गण्डकीमा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुदको लागि आन्तरिक तयारी थालिएको छ । खेलकुदका गतिविधिलाई महत्व दिँदै खेलाडीको हौसला बढाउने खालका अवार्ड लगायत कार्यक्रम गरिनु आवश्यक छ । खेलकुदले देश विकासमात्र होइन, राष्ट्रियता सुदृढ बनाउन पनि मद्दत गर्छ । हामीले देखेका छौं, राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा सिंगो देशका नागरिक जितको कामना गर्दै समर्थनमा उभिन्छन् । राष्ट्रियता र राष्ट्रिय एकताका लागि पनि निकै महत्वपूर्ण मानिने खेल क्षेत्रका गतिविधिलाई राज्यले अपनत्व महसुस गर्न अब ढिलाइ गर्नु हुँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width