खेल क्षेत्रमा लगानी बढाऊ

सम्पादक
श्रावण ११, २०७८

अघिल्लो वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरी पोखरामा रंगशाला हतारहतारमा मर्मत गरियो । २०७२ को भूकम्पले क्षति पु¥याएको रंगशाला ढिलै भए पनि मर्मत सुरु भयो । अहिले रंगशालाको ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो । रंगशालाको लागत करिब १ अर्ब २८ करोड रुपैयाँ छ । १६ हजार ५ सय दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला ४ महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भए पनि लामो समय रंगशालाको ढाँचा तयार नहुँदा ढिलाइ भएको थियो । भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशालाको काम गरिरहेको छ । बजेट अभाव र कोरोना महामारी देखाउँदै यसअघि पटक पटक स्थगित हुँदै आएको रंगशालामा छाना हाल्ने काम सकिएको छ । निषेधाज्ञाकै समयमा विशेष पास बनाएर भारतीय कामदार ल्याइएको थियो । उनीहरूलाई क्वारेन्टिनमा राखेर नेगेटिभ सुनिश्चिततापछि मात्र काममा लगाइएको थियो । भिआइपी प्यारापिटमाथि जडान फेब्रिक (छाना) पानीले नबिगार्ने र ५० वर्षसम्म टिकाउ हुनेछ ।
दसैंसम्म काम सक्ने गरी कम्पनीले नाला बनाउने काम गरिरहेको छ । १६ वटा शौचालय ब्लकको फिनिसिङको काम बाँकी छ । फुटबल मैदानमा भिआइपितर्फको काम र कार्यालयदेखि चेन्जिङ रुमसम्मको कामसहित प्यारापिटतर्फ रहेका शौचालय बनाइनेछ । निर्माणका लागि आवासीय सुविधासहित हाल पनि ४० जना कामदार निरन्तर खटिएका छन् । रंगशाला बनाउन २०७५ पुस १३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता भएको थियो । ६ महिनाभित्र स्टेडियम बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि २ महिना ढिलो काम सुरु भएको हो ।
त्यसो त राज्यको प्राथमिकतामा खेलकुद पर्न सकेको छैन । खेलाडी उत्पादनदेखि उनीहरुको व्यवस्थापनमा राज्यको त्यति चासो देखिँदैन । बजेट निर्माणका क्रममा पनि यो क्षेत्र पछाडि नै पर्ने गरेको छ । नीति निर्माताहरु खेलकुदको लगानी अनुत्पादक ठान्छन् होला सायद । खेलकुदले अनुशासन र स्वास्थ्यका क्षेत्रमा पुर्‍याएको योगदानको जति कदर गरे पनि पुग्दैन । तर बजेट विनियोजनका बेलामा यो क्षेत्र पछाडि र्न पारिएको हुन्छ । यसको मुख्य कारण हो, खेलकुदको महत्व बुझ्न नसक्नु । पोहोरमात्र साग भएको पोखरमा फेरि निकट समयमै नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा हुँदै छ । पूर्वाधार निर्माणदेखि अरु धेरै बन्दोबस्तीका काम गर्नुपर्नेछ । त्यसो त पोखरा आफैं साहसिक खेल पर्यटनको केन्द्र हो । खेलमार्फत् पनि पोखरामा पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि पहिला माहोल मिलाउने कामचाहिँ सरकारकै हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width