देउवा सरकारको १ वर्ष देउवाजस्तै

सम्पादक
असार ३१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले १ वर्षमा गरेका काम कुरालाई यताउता चर्चा भइरहेको छ । सरकारले पनि आफ्नो उपलब्धि सम्बन्धमा केही कामहरु सार्वजनिक गरेको छ । सामान्यतया देउवा सरकारको १ वर्ष देउवाजस्तै भन्ने टिप्पणी गरिरहेको छ । प्रधानमन्त्री देउवा ५ पटक प्रधानमन्त्री भए तर उनले उल्लेखनीय एवं ऐतिहासिक काम केही गर्न नसकेको मानिसहरुको बुझाइ छ । त्यसैले यस पटक पनि उनले के गरे र भन्नेहरु धेरै छन् । यस पटक उनले विभिन्न सिद्धान्त र विचारका ५ पार्टीहरुको नेतृत्व गरी सरकार चलाइरहेका छन् । अस्थिर राजनीति भएको अवस्थामा एउटै पार्टीको सरकार चलाउन त गाह्रो हुन्छ भने ५ घटकको सरकारको नेतृत्व गर्नु साधारण कुरा होइन । त्यसमा पनि सत्तारुढ दलहरुको तालमेल गरी स्थानीय तहको चुनाव लड्नु र आफ्नो पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउनु उनको सफलता हो ।

उनको सफलताको चर्चा गर्दा केही कुरा उल्लेख गर्नुपर्ने हुन्छ । उनले प्रधानमन्त्री भएपछि कोभिड–१९ विरुद्धको खोप चैत्र महिनाभित्र सबै नेपालीलाई दिइसक्ने जुन प्रतिबद्धता व्यक्त गरेका थिए त्यसमा उनी लगभग सफल भए । अर्को एमसिसी संसदबाट पारित गर्ने कुरा कुनै बेला असम्भव जस्तै थियो । त्यसमा राष्ट्रियता मिसाइएको थियो । र त्यो पारित गर्नासाथ अमेरिकी फौज नेपालमा आउने हल्ला फैलाएको थियो । अमेरिकी फौज आइसकेको अफवाह पनि फैलाइएको थियो । यसमा सबै पार्टी उदांग भए भने एमसिसी संसदबाट पारित गर्न उनी सफल भए । एक वर्षमा धेरै काम त के गर्न सक्ला र ? खोप लगाउनु, एमसिसी पास गराउनु र स्थानीय तहको निर्वाचन गराउन सक्नु उनको उपलब्धि मान्नु पर्दछ ।

उनको कार्यकालमा ठूल्ठूला काण्ड भएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाभियोग प्रस्ताव लगाइयो तर महिनौं बितेर पनि त्यसबारे कुनै सुनुवाइ भएको छैन । अर्को ठूलो काण्ड त्यसबेला अर्थमन्त्री भएका जनार्दन शर्माका सम्बन्धमा छ, उनले बजेट निर्माण गर्ने क्रममा कोठामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको गम्भीर आरोप छ । जुन आरोपका कारण उनले राजीनामा गर्नु प¥यो । व्यक्ति मात्र होइन, उनीसँग संसदीय समितिले सोधखोज पनि गरिरहेको छ । सरकार अस्थिर भयो भन्ने धेरै आरोप लागेको बेला उनको मन्त्रिपरिषद् १ वर्षमा ७ पटक फेरबदल भएको छ । यस किसिमले शासन व्यवस्थामा कसरी स्थिरता आउला, यो प्रश्न प्रधानमन्त्रीलाई सोध्नु पर्ने भएको छ । देशमा महँगी बढ्दै गएको छ । व्यापार घाटा बढ्दै गएको छ । आर्थिक स्थिति खस्कदै गएको छ । सरकारले ठोस कदम चालेर बिगँ्रदो अर्थतन्त्र सुधार गर्नेतिर त्यति ध्यान नदिएको आरोप सरकारमाथि लाग्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width