यौन हिंसा विरुद्ध प्रदर्शन

सम्पादक
कार्तिक २४, २०७७

१. बलात्कार र यौन हिंसा विरुद्ध यतिखेर देशभर प्रदर्शन भएको छ । यता केहि महिनादेखि दिनहुँ जसो वलात्कारका घटनाहरु हुन थालेपछि जनआक्रोस बढेको हो । विविध कार्यक्रम मार्फत महिला हिंसाबाट बच्न सचेतना सन्देश प्रवाह गर्दै हिंसा रोक्ने अभियानमा किशोरीहरु नै अग्रसर भएर लागेका छन् । सचेतना मात्र अपनाउँदा पनि हिंसा घट्न सक्दछ ।

२. देशमा हत्या वलात्कारका ठूला घटनाहरु भएका छन् । पञ्चायत कालमा नमिता सुनिा हत्याकाण्ड चर्चित थियो । दरबारका मान्छेबाटै उक्त घटना भएकोले हत्याराहरु पक्राउ नपरेको बताईको थियो । केही वर्ष अघि भएको १४ वर्षिया निर्माला पन्तको हत्यामा पनि हत्यारा अझै पक्राउ परेका छैनन् । पहिल्लो पटक बझाङको १२ वर्षीया सम्झना कामीको हत्याले धेरैको शरीर कँपाईरहेको छ । उनको पनि बलात्कारपछि हत्या भएको थियो । यस्ता घटना धेरै भएका छन् ।

३. हाम्रो समाजमा हुने महिला हिंसाका घटना त उल्लेख गरी साध्य छैन । लोकलाजका डरले कति घटना सार्वजनिक नै हुँदैनन् । भई हाले पनि न्याय खोज्ने प्रयास हुँदैन । भए पनि न्याय पाउँदैनन् । कतिपय स्थानमा हत्या बलात्कारलाई समेत गाउँ भित्रै मिलाउने दुष्प्रयास गरेको पाइन्छ । अपराधीलाई कानून अनुसार हुने दण्ड सजायँबाट उन्मुक्ति दिदा अपराध झन् गईरहेको छ ।

४. बलात्कार तथा नियन्त्रणका लागि कानून अपर्याप्त भएकोले कडा कानूनको माग भईरहेको छ । हालै किशोरीहरुले चलाएको अभियानका पनि छ वटा माग छन् । जबरजस्ती करणीका लागि उजुरमा हदम्याद तोक्न नहुने कम सायजको प्रावधान हटाउनु पर्ने, जवरजस्ती करणीका कसुरदारलाई आममाफी हुन नहुने । जोहरी दता भएदेखि अदालतती प्रक्रिया सुरु भएसम्म अनुसन्धानमा महिला आयोग र मानव अधिकार आयोगका प्रतिनिधि रहनु पर्ने आदि माग रेहका छन् । मौजुदा कानूनमा गर्नुपर्ने संशोधन र थप बुँदाका बारे पनि चर्चा भईरहेको छ ।

५. बलात्कारीलाई मृत्यूदण्ड दिनुपर्ने आवाज पनि उठिरहेको छ । मृत्युदण्डको सजाँयले घटना कम नहुने धारणा व्यक्त भईरहेका बछन् । बलात्कार तथा महिला हिंसाका घटनालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे अहिले सामाजिक राजनैतिक तथा कानूनी क्षेत्रमा पनि बहस चलिरहेकै छ । कानून समसामयिक तथा व्यवहारिक बनाउनु त छदैछ । प्रभावकारी कार्यान्वयनको पनि उत्तिकै जरुरी छ । सकेसम्म अपराध नहोस् र भईहाले अपराधी उम्कन नपाओस्, आम चाहना यही हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width