संवेदनशील राजनीति

सम्पादक
माघ १२, २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत शनिवार आह्वान गरेको नेपाल बन्द आंशिक सफल भएको प्रक्षेपण गरिएको छ । आफ्ना २ जना नेताहरु मकवानपुरबाट पक्रेको भनेर त्यस पार्टीले बन्दको आह्वान गरेको थियो । त्यो बन्दले सरकारलाई के–कति प्रभाव पार्‍यो, त्यो प्रष्ट भएको छैन तर त्यसले आर्थिकजगतलाई धेरै क्षति पुर्‍याएको छ । विगतमा श्रृंखलाबद्ध बन्दको कार्यक्रमबाट देशले धेरै–धेरै आर्थिक क्षति भोग्नुपरेको सर्वविदित छ । आमनिर्वाचन पश्चात् बन्दको घटनामा कमी आएको छ । त्यसमा कमी आएपछि अर्थ, उद्योग, व्यवसाय एवं शिक्षण संस्थाहरु सुचारु रुपले चल्न थालेको के थियो कि लकडाउन मारमा पर्नु पर्‍यो ।

कोभिड–१९ ले जनधनको ठूलो क्षति गरेको छ । त्यसको क्षतिबाट पार पाउन देशलाई धेरै वर्ष लाग्नेछ । त्यसको महामारीबाट तङ्ग्रिन नपाउँदै देशमा फेरि राजनीतिक विवाद चर्केको छ । सडकमा दिनहुँ नारा जुलुस घन्किरहेको छ । आफ्नो शक्ति प्रदर्शन गर्न राजनीतिक पार्टीहरु अग्रसर भएका छन् । राजनीतिक पार्टीहरुको यो विवाद कहाँ गएर कसरी टुङ्गिन्छ भन्न सकिने स्थिति छैन । दिनहुँ नाराजुलुस र शक्ति प्रदर्शनले पनि धेरै हानीनोक्सानी गरेको छ भने त्यसमा पनि बन्दको आह्वान गरिएमा त्यसको परिणाम के होला भनी सर्वसाधारण आत्तिन थालेका छन् । एक दुई जना शीर्षनेताहरुले श्रृंखलाबद्ध बन्दको कुरा पनि गरेका छन् । १/२ दिनको बन्दले त अर्बौको क्षति गर्दछ भने श्रृंखलाबद्ध बन्द भएमा फेरि कति कष्टकर जीवनयापन गर्नुपर्ने हो, त्यो कुराले मात्र पनि वातावरण त्रसित भएको छ ।

नेताहरु आपूm मिल्न जान्दैनन्, मिलेर काम गर्न जान्दैनन् । त्यसको प्रतिफल सर्वसाधारण जनताले भोग्नु परिरहेको छ । मतदाताले पार्टीलाई चाहिने आवश्यक बहुमत दिएको नेताहरुले सदुपयोग गर्न जानेनन् या सकेनन् । यिनीहरुको निहित स्वार्थले गर्दा सत्तारुढ पार्टी नेकपा दुई चिरामा विभाजित भयो । जसको परिणाम सडकमा देखिएको छ । स्थिति संवेदनशील छ । सत्तारुढ पार्टी मात्र होइन, अन्य पार्टीहरु पनि उत्तेजित छन् । नेताहरुले विवेक गुमाए भने नेपाल बन्द आह्वान गर्न पनि सक्छन् । त्यसरी कसैले विवेकहीन भएर नेपाल बन्द र हड्ताल आह्वान नगरोस् भनी हामी अपिल गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width