विद्यालयमा भौतिक दूरी

सम्पादक
असाेज १३, २०७८

कोभिड–१९ को महामारीबाट हाम्रो जनजीवन आक्रान्त भएको बेला वैज्ञानिकहरुले खोपको आविष्कार गरेर केही राहत प्राप्त भएको अनुभूति भएको छ । तर त्यो खोप हाम्रो देशमा सर्वसुलभ भएको छैन । देशका एक तिहाइ नागरिकले पनि खोप लगाउन पाएका छैनन् । तैपनि सरकारले आदेश गरेको लकडाउन खुकुलो हुँदै गएको छ । लकडाउन खुकुलो भए अनुसार व्यापार अद्योग सबै क्षेत्र पनि चलायमान हुन थालेको छ । अन्य क्षेत्रझैं शैक्षिक क्षेत्र पनि चलायमान भएको छ । लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन हुन थालेका छन् ।
हिजो लकडाउकनको बेला विद्यार्थीहरुको परीक्षा लिन सही रहेको थिएन । परीक्षा कसरी लिने भन्ने सम्बन्धमा सम्बन्धित अधिकारीहरुले धेरै पसिना बगाउनु परेको थियो । अनेक मापदण्डहरु कामय गर्दै परीक्षा सञ्चालन गरिएको थियो । तर अब विद्यालयहरु धमाधम खुल्दै छन् । विद्यालयमा पढ्न पाएकामा विद्यार्थीहरु खुसी भएका छन् । विद्यार्थीलाई पढाउन पाएकामा शिक्षकहरु अझ खुसी भएका छन् भने निजी विद्यालयका व्यवस्थापन पक्ष विशेष हर्षित भएका छन् । विद्यालयको वातावरण नै अर्कै भएको छ । विद्यालय एक संवेदनशील क्षेत्र हो तर यसको संवेदनशीलतालाई हाम्रो सरकार र सम्बन्धित क्षेत्रले त्यत्ति ध्यान दिएको देखिएन ।
सरकारले उमेर समूह कायम गर्दै खोप लगाउने व्यवस्था गरेको छ । अर्काेतिर विभिन्न क्षेत्रका मानिसहरुलाई पनि खोप लागउने गरेको छ । सरकारको त्यो क्षेत्र ठूलो हँुदै आएको छ । त्यो निश्चय नै खुशीको कुरा हो तर १८ वर्ष मुनिका विद्यार्थीहरुको लागि अझ सम्म खोपको व्यवस्था भएको छैन । तिनीहरु विना खोप नै विद्यालय जाने गरेका छन् । तिनीहरुको सुरक्षा कवच भनेको मास्क र भौतिक दूरी कायम गरेर रहनु भएको छ । मास्क त धेरै विद्यार्थीहरुले लगाउने गरेका छन् । तर विद्यालयमा सामाजिक दूरी कायम गर्नु त्यत्ति सजिलो छैन । त्यसको दायित्व कसले लिने यो प्रश्न सबैले सोध्नुपर्ने भएको छ ।
फेरि विद्यार्थी भन्दा १०/१५ वर्षकाहरु मात्र हुदैनन् । आज भोलि ३/४ वर्षका नानीहरु पनि स्कुल जाने गर्दछन् । ती नानीहरुलाई दिनभरि मास्क ठीकसँग लगाइ राख्नु नै चुनौतीको विषय हो । फेरि दिनभरि मास्क लगाइ राख्दा नानीहरुमा त्यसको प्रभाव के पर्ने हो, त्यसको सोध खोज गरिएको छैन । त्यसतर्फ पनि ध्यान दिनु पनि आवश्यक छ । फेरि अर्काे ती नानीहरुलाई भौतिक दूरी कायम राखेर पढाउनै खेलाउने अर्काे चुनौतीको विषय हो । शिक्षक शिक्षिकाहरुले त्यो चुनौतीको सामना के कसरी गर्दैछन् त्यो हेर्न पर्ने विषय भएको छ । बाबु आमा एवं अभिभावकहरुले विद्यालयतिर ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width