संघीय अधिवेशन अन्त्य

सम्पादक
असार १९, २०७७

१. संघीय संसदको वजेट अधिवेशन विहीबार अपरान्हदेखि अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरेकी हुन् । मन्त्री परिषद वैठकले विहीबार नै अकस्मात अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सो वैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

२. कोरोना महामारीकै बीच वैशाख २६ गते सुरु भएको अधिवेशनले सरकारका नीति र कार्यक्रम तथा वजेट पारित गरेको थियो । नागरिकता र निजामति सम्बन्धि विधेयकसँगै एमसीसी सम्झौता वारे पनि यो अधिवेशनमा छलफल र निर्णय गर्नुपर्ने थियो । अधिवेशनको अन्त्यसँगै ती विषयहरु पनि स्थगित भएका छन् ।

३. छलफलका महत्वपूर्ण विषयहरु रहँदा रहँदै वजेट अधिवेशन अन्त्य भएकोमा असन्तुष्टी व्यक्त भएको छ । अधिवेशन अन्त्य गर्नेबारे सभामुखलाई पनि जानकारी नभएको चर्चा छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षलाई पनि जानकारी नगराई अधिवेशन अन्त्य गरेको भनी असन्तुष्टी पोखेको छ । जनसरोकारका धेरै विषयमा प्रस्ताव र छलफलको काम वाँकी रहेको कांग्रेसले जनाएको छ ।

४. मन्त्रीपरिषद वैठकले अकस्मात वजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रति अनेक आशङ्का जन्मिएका छन् । संसदमा खासै विषय पनि नभएको र कोरोना संक्रमण पनि बढी रहेकोले अधिवेशन लम्बाइरहनु उचित नभएको भनी प्रधानमन्त्रीले बताईरहँदा अधिवेशनको अन्त्यको मुख्य कारण अरु नै भएको चर्चा चलिरहकेो छ । प्रधानमन्त्री ओलीले कुनै पनि वेला आफ्नो अनुकुल अध्यादेश ल्याउन सहज वनाएको अड्कल गरिएको छ ।

५. अहिले सत्ता संकटमा छ । नेकपा स्थायी कमिटी कै वैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागे । प्रधानमन्त्री ओली चौतर्फी आक्रमणमा परेका छन् । आफ्नौ पार्टीबाट उनीलाई धेरै दवाव आयो । विकल्पमा उनले तत्काल अधिवेशनको अन्त्यको उपाय रोजे । नेकपाकै आन्तरिक कलहको कारण अधिवेशन अन्त्य हुन पुग्यो । यो दुःखद् पक्ष हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width