कर्मचारी सम्मान

सम्पादक
भाद्र २६, २०७७

१. निजामती सेवा दिवसको अवसरमा विवध कार्यक्रम सहित उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने पनि गरिन्छ । यस अवसरमा सरकारले विगत केही वर्षदेखि कर्मचारीहरुको सम्मान गर्दै आएको छ । स्थायी सरकारको रुपमा रहेका निजामती कर्मचारीहरुको सम्मान सरकारको आफ्नै पनि सम्मान हो । यस वर्ष कोरोना महामारीका कारण सम्मान कार्यक्रमहरु पनि प्रभावित भएका छन् ।

२. सरकारका योजना तथा कार्यक्रमहरुलाई जनस्तरसम्म पुर्‍याउने तथा राम्रो व्यवस्थापन गर्ने जिम्मेवारी कर्मचारीको हुन्छ । त्यो जिम्मेवारी पुरा भएन भने सरकारको योजना नै असफल हुन्छ । तसर्थ सरकारलाई सफल बनाउने वा असफल बनाउने हात पनि कर्मचारी कै रहन्छ । यसर्थ कर्मचारी संयन्त्र सरकारको अभिन्न अंग र महत्वपूर्ण पक्ष हो । नेताहरुले ट्याउँट्याउँ कराएर मात्र केही हुँदैन ।

३. हरेकको आफ्नै मान मर्यादा हुन्छ । कर्मचारीलाई नोकरको व्यवहार गर्ने सरकारले सफलता हाँसिल गर्न सक्दैन । उनीहरुले तलब त खाएका छन्, त्यो सरकारको होइन जनताबाट पाएको राजश्व हो । नुनको सोझो चिताएर काम गर्नु कर्मचारीको कर्तव्य हो । उनीहरुले काम त गर्नु पर्छ नै । त्यसमा पनि विवेक पु¥याएर सेवाभावले प्रेरित भएर गरिएको कामको विशेष महत्व रहन्छ । राम्रा कामको सम्मान भयो भने अरुलाई पनि प्रेरणा हुन्छ भनेर नै सम्मान गर्ने प्रचलन आएको हो ।

४. राम्रो काम गर्नेलाई सम्मान र गलत काम गर्नेलाई दण्ड दिनु राज्यको काम हो । तर, नराम्रो काम गर्नेलाई पुरस्कार र राम्रो काम गर्नेलाई उल्टै सजायँ हुन थाल्यो भने त्यसको परिणाम झन् नराम्रो हुन्छ । चाकडीका भरमा पुरस्कार दिन थालियो भने सम्मानको पनि बदनाम हुन पुग्छ । तसर्थ सम्मानयोग्य व्यक्तिको छनौटमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । सम्मान कार्यलाई पारदर्शी बनाउनुपर्छ ।

५. जो काममा विश्वास गर्छ, उसलाई मान सम्मानको मतलव रहँदैन । इमान्दार साथ काम गर्नु नै उ आफ्नो सम्मान सम्झन्छ । जनताबाट प्राप्त सद्भाव तथा विश्वास नै विभूषण मान्दछ । तसर्थ सम्मान र पुरस्कार पाउने मात्र उत्कृष्ट र अरुचाँही नराम्रा भन्ने हुदैन । अरुले देख्ने गरी गरेका राम्रा कामले सम्मान तथा पुरस्कार प्राप्त गर्ने गरेको पाइन्छ । यो राम्रो काम गर्नेलाई उत्साह बढाउने काम हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width