सम्मान गरौं

सम्पादक
भाद्र १५, २०७७

१. देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रण तथा संक्रमितहरुको उपचारको लागि आवश्यक सक्दो सेवा पुर्‍याउनु सबैको कर्तव्य हो । यसवेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत समाजसेवीहरु अग्रभागमा रहेर आ–आफ्नो क्षेत्रमा खटिरहेका छन् । कोरोना संक्रमणको जोखिम पनि बढी अग्रभागमा रहेकालाई नै हुने गर्दछ । तर, त्यसको पनि पर्वाह नगरी उनीहरु कर्तव्य पालनामा लागिरहेका छन् ।

२. कोरोना संक्रमणबाट डाक्टर, नर्स, सेना, प्रहरी, सञ्चारकर्मी, नेता, समाजसेवी कुनै क्षेत्र पनि अछुतो छैन । संक्रमित हुनेहरु पनि उपचार पछि फेरी सेवामा लागेका छन् र विरामीहरुको हौसला बढाईरहेका छन् । तिनै सेवकहरुलाई समाजमा यदाकदा अपमान गर्ने काम भएको समाचारले धेरैलाई दुःखित बनाएको छ । केही व्यक्तिहरुले देखाएका क्रियाकलापले समाजलाई नै लज्जित बनाएको छ ।

३. स्वास्थ्यकर्मीहरुलाई घर वरपर डेरामा बस्न पनि नदिने, संक्रमितका घर परिवारलाई समेत दूरदूर गर्ने, उपचारबाट फर्केकाहरुलाई समेत घरमा बस्न नदिने आदि व्यवहारले समाजमा मानवता नै हराएको महशुस हुन्छ । केही महिना अघि मृत्यू भएको संक्रमितको अन्त्येष्टिमा समेत अवरोध खडा हुने गरेको थियो । यस्तो दुव्र्यवहार गर्नेहरुमा जनप्रतिनिधिहरु समेत रहेका सुन्दा समाज के हुदैछ भन्ने चिन्ता हुनु स्वभाविकै हो ।

४. उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, सुरक्षामा खटिएका सुरक्षाकर्मी र सूचना दिने सञ्चारकर्मी लगायतका हरप्रकारका सेवा पुर्‍याउने स्वयमसेवी, समाजसेवीहरु निस्कृय भएर बसीदिए भने झन् के हालत होला । संकटको वेलामा उनीहरुलाई झन् उत्साह दिएर अगाडि बढाउनु पर्नेमा हतोत्साह गर्नेकाम भयो भने त्यसको नराम्रो परिणाम सबैले भोग्नु पर्दछ । तसर्थ किञ्चित पनि उनीहरुलाई मन दुखाउने काम गर्नु हुदैन । कसैले गरे भने पनि समाजले तुरुन्त माफी माग्न लगाएर समस्याको समाधान गरिदिनुपर्छ । अभद्र व्यवहार गर्नेलाई सजायँ पर्दछ ।

५. सरकारी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले तलब भत्ता खाएका छन् । तिनले काम नगरे कसले गर्ने भन्ने पनि कुरा आउँछ । तर तलब भत्ता पचाउने मात्रको कामले समाजमा सेवा पुग्न सक्दैन । दिलै देखि लाग्नुपर्छ । मेरो काम यत्ति मात्र हो, यति समय मात्र हो नभनी जो रातोदिन समाजसेवामा खटिएर आफ्नो ज्यानको समेत पर्वाह नगरी लागेका छन्, ती आदरणीय समाजसेवी, स्वयंसेवी व्यक्तित्वहरुलाई सम्मानपूर्ण व्यवहार समाजले गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width