सलहको प्रकोप

सम्पादक
असार १७, २०७७

१. केही महिना अघि भारतमा महामारीकै रुपमा प्रवेश गरेको सलह कीरा अहिले नेपालका पहाडी भागमा समेत देखा परेको छ । गत शनिबार देखिएको सलह कीरा सिन्धुलीदेखि रुपन्देही सम्म फैलिएको पाइएको थियो । साथै सर्लाही, बारा र पर्सामा भेटिएको कीरा सलह नै भएको पुष्टि भएको थियो । यो कीराको समूह तराई हुँदै पहाडमा पनि प्रवेश गरेको छ ।

२. फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अमेरिकी फौजी कीराले भन्दा कैयौं गुना बढी क्षति पुर्‍याउने विज्ञहरु बताउँछन् । करोडौंको संख्यामा समूह भएर आउने यो कीराले एक बसाइमै वालीनाली खाएर ठूलो क्षतिपुर्‍याउँछ । यो कीरा एकैदिनमा १५० किलोमिटर टाढासम्म पुग्न सक्दछ । सलह अफ्रिकाबाट अरेवियन देश हुँदै इरान, अफगानिस्तन र भारतसम्म आइपुगेको र यसै हप्ता नेपालमा देखिएको हो ।

३. गत जेठमा वैज्ञानिक एवम् प्राविधिक सम्मिलित सरकारी समितिले नेपालका यसपटक सलह नआउने निष्कर्ष निकालेको थियो । अहिले भारतको उत्तरतर्फ हावाको वहाव बढेकोले हावाको वहावसँगै उड्ने सलहको समूह नेपाल पसेको जनाइएको छ । साथै यो समूह फुटेर आएको सानो समूह भएको र यसले ठूलो क्षति नपुर्‍याउने बताइएको छ । तथापि कृषकहरु सलहले पुर्‍याउने क्षतिप्रति चिन्तित बनेका छन् ।

४. सलहबाट हुन सक्ने क्षति कम गर्न केही उपायहरु अवलम्बन गर्ने कार्य पनि सुरु भईसकेको छ । खेतीमा कीटनाशक औषधी छर्कने, भूमिमा धुँवा गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाजले तर्साउने आदि उपायहरु सुझाइएका छन् । केही प्रदेशमा त सलह समातेर ल्याउनेलाई प्रति केजी २०/३० रुपैंया दिने घोषणा समेत गरिएको छ ।

५. विज्ञ भन्छन्–सलह कीरामा बढि प्रोटिन हुने हुँदा माछा र कुखुराका दानामा पनि प्रयोग गर्न सकिन्छ । विषादी छरी मारिएको सलह भने प्रयोग गर्न हुदैन । सलहबाट हुने क्षतिप्रति समयमै ध्यान पुर्‍याउन सकिएन भने खाद्यान्न संकट भई भोकमरी हुन सक्छ । यसतर्फ सम्बन्धित सबैले सचेत भएर लाग्न आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width