१. विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाई अरु बढेको छ । सगरमाथाको उचाई सामान्यतया ८,८४८ मिटर मानिन्थ्यो भने अहिले त्यसको नाप ८,८४८.८६ मिटर कायम भएको छ । जसअनुसार त्यसको उचाई ८६ सेन्टिमिटर बढेको देखिएको छ । उक्त कुरा सगरमाथाको नाप जाँच गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
२. यस अघि २०७५ चैत्र २७ गते प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा सम्बन्धित विषय विज्ञहरुको टोलि सगरमाथातिर गएको थियो । जेठ ८ गते प्रमुख नापी अधिकृत गौतम र नापी अधिकृत रविन कार्की सगरमाथाको चुचुरोमा पुगेका थिए । उनीहरु त्यहाँ दुई घण्टा भन्दा बढी समय बसेर नापजाँच गरेका थिए । उनीहरुलाई अन्य प्राविधिकहरुले सहयोग गरेका थिए ।
३. ती प्राविधिकहरुले आफ्नो काम पहिले नै सिद्धाएका थिए । तर यसबारे कुनै विवाद नआओस् भनेर चीन, भारतलगायत देशहरुसँग त्यसबारे धेरै सल्लाह–परामर्श गरेका थिए । पछि नेपाल र चीनले एकसाथ यसको घोषणा गर्ने निर्णय भएकोले अस्ति नेपाल र चीनका परराष्ट्र मन्त्रीहरुबाट आ–आफ्नो देशमा एकसाथ घोषणा गरिएको हो ।
४. सगरमाथाको उचाई सन् १८५२ मा व्रिटिश सर्भे अफ इण्डियाले नापेर यो चुचुरो विश्वको सबभन्दा अग्लो चुचुरो भनी घोषणा भएको थियो । त्यसवेलादेखि अहिलेसम्म धेरै देशहरुले यसको चुचुरो नापेर विभिन्न नाप भएको प्रकाशित गरे । त्यो नापमा एकरुपता भएन जसले विवाद बढायो ।
५. त्यो विवाद समाधान गर्न र नेपालीले नै त्यसको नाप जाँच गर्नु वाञ्छनीय भउकोले सरकार त्यसको लागि अघि सरेको हो । नेपाली साधन, श्रोत र प्राविधिकहरुबाट नै त्यसको नाप लिइएको र नापकै क्रममा त्यसलाई प्रशोधन आदि गरेकोले यो विवाद रहित भएको छ ।
६. २०७२ सालको भुकम्प पछि काठमाडौं उपत्यकाको उचाई फरक भएको विशेषज्ञहरुले बताएपछि सगरमाथाको उचाईमा पनि फरक आयो भन्ने शंका गरिएको थियो । त्यसको उचाईमा केही विवाद पहिलेदेखि थियो भने त्यो शंकाले त्यसको नाप लिन अरु प्रोत्साहित गर्यो ।
७. सगरमाथाको यो नापले सगरमाथाको उचाई अरु अग्लिएको प्रष्ट भएको छ भने त्यसको साथ नेपाली प्राविधिक विज्ञहरुले पनि यस्तो काम गर्न सक्दो रहेछन् भन्ने प्रष्ट भएको छ । यसले नेपालीहरुको उचाई पनि थप भएको महशुस गरिएको छ । यो दुरुह काम सरलताका साथ सम्पन्न गरेकोमा यो सँग सम्बन्धित विशेषज्ञहरु, प्राविधिकहरु तथा त्यो काममा संलग्न सबै धन्यवादका पात्र छन् । हामी सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दछौं ।
Related News
सम्बन्धित समाचार
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७