सचेतना अझै जरुरी

सम्पादक
असार २२, २०७८

कोरोना भाइरस महामारीले मानिसको दैनन्दिन क्रियाकलाप नराम्ररी प्रभावित पारेको छ । मानिसको सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो । जीवन नै नरहने अन्य कुरा गौण हुन् । दोस्रो भेरियन्टको रुपमा कोरोना भाइरस महामारीले गत वैशाखदेखि नेपालमा प्रभाव जमाएको हो । यो महामारीले हालसम्म ६ लाख ४६ हजार संक्रमित भएका छन् भने ९ हजार २ सय ४८ जनाले ज्यान गुमाउन पुगे । गण्डकीमा पनि हालसम्म ५७ हजार संक्रमित हुँदा झण्डै हजार जनाले अकालमा मृत्युवरण गर्नु पर्‍यो । संक्रमण फैलिन नदिन र महामारी न्यूनीकरणका लागि देशका सबैजसो जिल्लामा निषेधाज्ञा पनि भयो । अहिले बिस्तारै यसको संख्या कमी हुँदै जाँदा निषेधाज्ञा खुकुलो बनाइँदै लगिएको छ । गण्डकी प्रदेशमा मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी छ । प्रदेश राजधानी पोखरा, कास्कीमा गत वैशाख १५ देखि कायम निषेधाज्ञा खुकुलो बनाउँदै असार २५ सम्म कायमै छ ।
सर्वसाधारणले जान्नुपर्ने विषय के हो भने निषेधाज्ञा खुकुलो बनाइए पनि महामारी पूरै हटिसकेको छैन । अझै पनि देशभर ३ हजार हाराहारीमा दैनिक संक्रमित थपिएका छन् । गण्डकीमा भने दैनिक ३ सय बढीमा पोजेटिभ हुने गरेको छ । देशभर सोमबार २६ सय जना संक्रमित थपिँदा कुल संक्रमित संख्या हालसम्म झण्डै साढे ६ लाख पुगेको छ । तीमध्ये ६ लाख जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गण्डकीमा पछिल्लो एक साताको तथ्यांक केलाउँदा निषेधाज्ञा खुकुलोपछि संक्रमण दर बढेको पाइएको छ । गत असार १३ को सार्वजनिक तथ्यांक अनुसार सक्रिय संक्रमित २ हजार ६ सय ८९ हुँदा एक सातापछि यो संख्या घट्नुको सट्टा बढेर ३ हजार १ सय १ पुगेको छ । अघिल्लो साता २४ घण्टा अवधिमा ३ सय ३६ संक्रमित भएकोमा आइतबार ३ सय ६६ संक्रमित थपिएका थिए ।
कोरोनाबाट बच्न स्वास्थ्य सचेतना अपनाउन त आवश्यक छ नै त्यस अलावा कोरोनाविरुद्धको खोप अनिवार्य बनेको छ । नेपालमा कुल जनसंख्याको केही प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभरका जनतालाई पुग्ने गरी खोप कहिले आउने हो निधो छैन । संघीय सरकारले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउने वा हटाउनेबारे निर्णयको अधिकार दिएको छ । खोप नआउँदै सर्वसाधारणको दबाबले निषेधाज्ञा खुकुलो बनाउँदै जाँदा भने कोरोनाको संक्रमण जोखिम कायमै छ । राजधानी उपत्यकामा पनि असार २२ देखि लागु हुने गरी सबै प्रकारका सवारीसाधन सञ्चालनको अनुमति दिइएको छ । यसले जोखिम बढाउने पक्का छ । तसर्थ सकेसम्म भिडभाडमा नजाने, मास्क लगाउने, नियमित रुपमा हात धुने, सेनिटाइजर प्रयोग गर्ने र एकअर्काबीच भौतिक दूरी कायम गर्नुपर्ने लगायत स्वाथ्य मापदण्ड पालना गर्नुपर्छ । त्यसमा प्रशासनले कडाइ गर्नुपर्छ नकि निषेधाज्ञा खुकुलो बनाउने नाममा पुनः संक्रमण फैलिन बल नमिलोस् ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width