घटना नियोजित

सम्पादक
श्रावण १, २०७७

१. ससंदीय छानविन समितिले रुकुम पश्चिमको चौरजाहरीमा जेठ १० गते भएको हत्या काण्ड नियोजित रुपमै भएको ठहर गरेको छ । अन्तरजातीय विवाह विवादमा भएको सो घटनामा ६ जनाको ज्यान गएको थियो । वडा अध्यक्षकै नेतृत्वमा उक्त आक्रमण भएको उल्लेख गर्दै समितिले प्रहरी प्रशासनले गरेको अनुसन्धान पनि कमजोर भएको जनाएको छ ।

२. सांसद देवेन्द्र पौडेलको नेतृत्वमा गठित ९ सदस्यीय छानविन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुधबार चौरजहारी छटनाको प्रतिवेदन बुझाएको हो । जेठ २६ गतेको प्रतिनिधिसभा वैठकले छानविन समिति गठन गरेको थियो । कार्यप्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश अनुसार नै समितिले प्रतिवेदन बुझाएको छ ।

३. जाजरकोटको भेरी नगरपालिका–४ निवासी नवराज विकले चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई विहेगरी ल्याउन भनी जेठ १० गते १८ जना साथी सहित सोती गाउँमा गएकोमा आक्रमणमा परी नवराज सहित ५ जनाले ज्यान गुमाएका थिए । प्राप्त समाचार अनुसार तीन तिरबाट गाउँलेहरुले घेरिएका उनीहरु मध्ये ११ जना भेरी नदिमा हामफालेकोमा ५ जना नदी पार गर्न सफल भएको र ६ जनाको नदीमा लास भेटिएको थियो । संसदीय छानविन समितिका एक सदस्यले सो घटना जातीय भेदभावमा आधारित रहेको र नियोजित रुपमै भएको देखिएको जनाएका छन् ।

४. नेपालमा जातीय विभेदको रुपमा वेला वेलामा विभिन्न घटनाहरु भईरहेका छन् । सामूहिक हत्याकै रुपमा देखिएको चौरजहारी घटना अहिले सम्मकै ठूलो हो । तथापि यो घटनामा मारिनेमा कथित दलितमात्र होइन कथित गैरदलित पनि रहेका छन् । यसैगरी यस घटनाको विरोध सबै जातिका मानिसले गरिरहेका छन् ।

५. जातीय विभेद एउटा कुसंस्कार हो । मानिस बीचको यो भेदभावका कारण धेरै घटनाहरु हुने गरेका छन् । विभेद हटाउन कानून बनेका छन् । दण्ड सजायँ पनि भईरहेको देखिन्छ । तथापि निर्मुल हुन सकेको छैन । विभेद अन्त्यका लागि सचेतना, एकता र प्रतिबद्धताको अझै खाँचो छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width