सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा विभाजित भएको छ । तीमध्ये ओली पक्ष सत्तामा आसीन छ भने अर्को पक्ष ओलीको विरोधमा सडक उत्रेर नाराबाजी गरिरहेको छ । दुवै पक्षले आफूलाई सच्चा नेपाल कम्युनिष्ट पार्टीको दाबी गरिरहेका छन् । तिनीहरूले पार्टीको चुनाव चिह्न सूर्य आफ्नो पक्षले पाउनु पर्ने जिकिर पनि गरिरहेका छन् । सत्तारुढ पार्टी विभाजित भएपछि त्यसको प्रभाव कहाँ, कसरी पर्दछ भन्ने कुरा अहिले क्रमशः देखिँदै छ । विकास, समृद्धि र स्थिर सरकारको नारा दिएर झन्डै दुइतिहाइ बहुमत ल्याएको केन्द्रको सरकार त्यसै पनि अल्झिएको छ । त्यसको साथै प्रदेश सरकार पनि हल्लिन थालेका छन् ।
प्रदेश १ र २ मा ओली समर्थक मुख्यमन्त्री छन् । प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री छन् भने वागमतीमा डोरमणि पौडेल मुख्यमन्त्री छन् । ती दुवै मुख्यमन्त्रीविरुद्ध नेकपा दाहाल नेपाल पक्षधर सांसदले आ–आफ्नो प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेस विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष पार्टी रहेकोले त्यसको भूमिका त्यसै पनि महत्वपूर्ण मानिएको छ । अहिले अविश्वास प्रस्ताव पेस भएको अवस्थामा प्रदेशको पार्टीगत संंरचना हिसाबले उसको भूमिका निर्णायक छ । निर्णायक स्थितिमा रहेकाले त्यो पार्टी तानातानमा परेको छ ।
ती दुवै प्रदेशमा कांग्रेसले जुन पक्षलाई साथ दिन्छ, मतदानमा जीत त्यसैको हुन्छ । कांग्रेस बार्गिनिङ अवस्थामा छ । तर के बार्गिनिङ गर्दैछ ? त्यसबारे बाहिर आएको छैन । पार्टीका केन्द्रीय नेताहरूका अनुसार त्यो पार्टी पर्ख र हेरको स्थितिमा छ । कांग्रेसलाई यो अवस्थामा चिठ्ठा परेझैं भएकोले त्यसको भूमिकाको महत्व मात्र बढाएको होइन, निर्णायक नै गरेको छ । सरकार गठनमा निर्णायक स्थितिमा पुग्नु भनेको आफै सरकारमा पुग्नु हो । अर्थात्, त्यस्तै परे आफ्नै नेतृत्वको सरकार गठन गर्नु हो । कांग्रेसको बढ्दो महत्वले गर्दा आज धेरैको ध्यान कांग्रेसमा केन्द्रित छ । त्यो पार्टीले केन्द्रमा के कस्तो नीति अख्तियार गर्दछ र प्रदेशको सरकार विघटन र गठनमा त्यसको के कस्तो भूमिका रहन्छ । त्यो सबैको जिज्ञासा भएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
बलात्कार र सामाजिक चिन्ता
hero news full width
मुख्य समाचार
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७