कामप्रतिको सम्मान

सम्पादक
पौष ३, २०७७

कास्की, स्याङ्जा र पर्वत संगमस्थल पञ्चासे टाकुरामा ‘पञ्चासेका पिता’ भनेर चिनिएका सामाजिक अभियन्ता गोपाल गुरुङको हालै अर्धकदको प्रतिमा निर्माण गरिएको छ । सामाजिक अभियन्ता गुरुङको त्यो प्रतिमा उनकै नाममा त्यहाँ निर्मित पञ्चासे सुनाखरी गोपाल गुरुङ स्मृति पार्कमा अनावरण गरिएको छ । सामाजिक अभियन्ता गुरुङले सञ्चासेको एकीकृत विकास र गुरुयोजना तयार गराउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले रातदिन नभनी त्यो काममा लागिपरेकाले पञ्चासेमा मानिसहरुको ध्यान आकर्षिक भएको थियो । अहिले पञ्चासे पर्यटकीय गन्तव्य रुपमा स्थापित भएको छ ।

पञ्चासे डाँडामा ५ वटा टाकुराहरु छन् । कहिले नसुक्ने र फोहोर नहुने पोखरी छ । धार्मिक दृष्टिले हेर्ने हो भने त्यहाँ महादेवको मन्दिर छ । प्रसिद्ध सिद्धबाबाको स्थान छ । केही वर्ष बुद्धको मूर्ति पनि स्थापना गरिएको छ । बुद्धको मूर्ति राखिएपछि त्यस ठाउँलाई धार्मिक सहिष्णुता प्रतीक रुपमा पनि हेर्ने गरिएको छ । त्यहाँ पुरानो भग्नावशेष छ । त्यो भग्नावशेषले त्यस ठाउँ पुरातत्विक दृष्टिकोणले पनि महत्वको छ भनेर प्रष्ट संकेत गर्दछ । त्यहाँ धेरै किसिमका फूलहरु पाइन्छन् । त्यसमा सुनाखरी विशेष मानिन्छ । जडिबुटीका लागि पनि पञ्चासे चर्चित छ । सतुवा, पाँचऔले, सर्पको मकै जस्तो महत्वपूर्ण वनस्पितले विशेषज्ञहरुको ध्यान आकर्षिक गरेको छ । त्यहाँ धेरैले धेरै अध्ययन र अनुसन्धान गरेका छन् । अत्यन्त दुर्लभ भनिने सुसाइ चरा पनि पाइन्छ ।

यस्तो महत्वपूर्ण ठाउँ भएर पनि यो ठाउँ ओझेलमा परेको थियो । सामाजिक अभियन्ता गोपाल गुरुङ र उनका साथी र सहयोगीको प्रयासले पञ्चासेले काँचुली फेरे झैं भएको छ । त्यहाँ परिवर्तन भएको छ । विकास भएको छ र त्योभन्दा ठूलो कुरा धेरैभन्दा धेरैको ध्यान आकर्षित भएको छ । पञ्चासेमा जाने सिँढीहरु छन् । जुन सिँढीहरु ४० वर्षपहिले उनै गोपाल गुरुङले बनाएका हुन् । सिँढी बनाउने अभियानले धेरै समय खायो । तर, ती बनेपछि मानिसको आवागमन बढ्यो र पर्यटकीय गन्तव्य रुपमा चिनारी भयो । अहिले त्यहाँ केही न केही काम भइरहेको हामी पाउँछौं । गोपाल गुरुङले पञ्चासे विकासको लागि अथक परिश्रम गरे । आफू बिरामी भएको बेला पनि उनले त्यसको चिन्तन मनन गर्दथे । त्यहाँको काम पूरा गर्न नपाएकामा चिन्तित हुन्थे । उनी विकासप्रति संवेदनशील थिए । आर्थर डाँडाखर्कको अध्यक्ष भएको बेलामा पनि त्यस्तै काम गरेका थिए । उनले ५० हजार बिरुपा रोपेर वातावरण संरक्षण गरेको कुरा चर्चित छ । सामाजिक काममा त्यसरी निरन्तर लागिपर्ने गुरुङको प्रतिमा स्थापना गर्नुलाई कामप्रतिको सम्मान रुपमा हेरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width