धार्मिक क्षेत्र कहिले खुल्ला ?

सम्पादक
मंसिर ५, २०७७

१. सरकारले करिब ८ महिना पहिले कोरोना महामारी नियन्त्रण गर्ने अभिप्रायले देशव्यापी लकडाउन गरेको थियो । देशव्यापी लकडाउन गरिएको ३ महिनापछिदेखि सरकारले लकडाउन केही खुकुलो गर्दै लगेको सर्वविदितै छ । त्यसबेलादेखि अहिलेसम्म आउँदा धेरै क्षेत्र खुल्ला गरिएको छ ।

२. सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खुल्ला गरिएका धेरै क्षेत्रले सरकारको त्यो सदाशयताबाट फाइदा उठाएका छन् । त्यसबाट चहलपहल बढेको छ । मानवीय, भौतिक एवं आर्थिक क्रियाकलाप पनि बढेको छ । सम्बद्ध पक्षहरु त्यसबाट खुसी पनि भएका छन् ।

३. धार्मिक क्षेत्रमा संलग्न पदाधिकारीहरुले धार्मिक क्षेत्र खुल्ला गरिदिन पटकपटक आग्रह गरेका छन् । उनीहरु सरकारले निर्धारण गरेको कुनै पनि किसिमको मापदण्ड अपनाउन आफू तयार रहेको बताइरहेका छन् । तर किन हो, सरकारले उनीहरुको आवाज सुनेको छैन ।

४. दसैँतिहारजस्ता पर्वहरुमा पनि धार्मिक क्षेत्र सुनसान रह्यो । भक्तजनहरुले पनि यसपटक आफ्ना देवताको दर्शन अवलोकन गर्न नपाएकामा खिन्नताको अनुभव गरे । ती भक्तजनहरु पनि आफू कुनै पनि किसिमको मापदण्ड मान्न तयार भएको बताइरहेका छन् ।

५. सरकारले पर्यटन क्षेत्र खुल्ला गरिसकेको छ । हामी कहाँ आउने पर्यटकहरु मात्र प्राकृतिक सौन्दर्य हेर्न आउने होइनन्, उनीहरुमध्ये अधिकांश यहाँका धार्मिक क्षेत्र र सांस्कृतिक पक्षको अवलोकन गर्न चाहन्छन् । अहिले उनीहरुले चाहेका क्षेत्रको अवलोकन गर्ने अवस्था नभएकोले उनीहरु पनि उत्साहसाथ आउने गरेका छैनन् ।

६. पर्यटन क्षेत्रमा लागेकाहरु पनि धार्मिक क्षेत्र खुल्ला गरिनुपर्ने आवाज उठाउँदै छन् । भक्तजनहरुले त जोडबल नै गरेका छन् । देवस्थलमा प्राप्त हुने दानदातव्यको अभावमा ती स्थलहरु आर्थिक संकटबाट गुज्रिरहेका छन् । पुजारी र स्टाफहरुलाई दिनुपर्ने न्यूनतम रकम दिन नसकेर उनीहरु आत्तिइरहेको अवस्था छ ।

७. धार्मिक क्षेत्रका देवस्थलहरु हाम्रा आस्थाका केन्द्र पनि हुन् । आस्थाको केन्द्रको ढोका सधैँ बन्द गरिरहनु त्यति उपयुक्त होइन । सम्बन्धित पदाधिकारीहरु एवं संस्थाले सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रतिद्धता जनाउँछन् भने र त्यसलाई कडाइका साथ पालना गराउँछन् भने त्यस्ता धार्मिक क्षेत्र खुलाएमा कुनै आपत्ति हुने देखिँदैन । भक्तजन तथा सम्बद्ध संस्थाहरु धार्मिक क्षेत्र कहिले खुल्ला भनी उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width